Tuesday, April 16
Shadow

मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकको पाँचौं स्थानमा


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १
नेपालले मानव विकास सूचकमा पाँच स्थान सुधार गर्दै १४२ औं स्थान पाउन सकेको छ। राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले बुधवार जारी गरेको सूचकांकमा नेपाल १४७ औं स्थानबाट पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लेको हो। १८९ देशहरु समावेश मानव विकास सूचकांकमा ०.६०२ सूचक प्राप्त गरेको नेपाललाई मध्यम मानव विकास सूचीमा राखिएको छ।

विश्वको औशत सूचकभन्दा नेपाल अझ धेरै तल नै छ। विश्वव्यापी तुलना गर्दा विश्वभर ०.७३७ सूचक प्राप्त छ। त्यस्तै लैंगिक विकास सूचक विश्वमा ०.९४३ हुँदा नेपालको ०.९३३ रहेको छ।

मानव विकास सूचकांकमा औशत नेपालीको आयु ७०.८ वर्ष पुगेको छ। १९९० मा ५४.४ वर्ष रहेकोमा २०१८ मा ७०.५ वर्ष थियो।

यूएनडीपीले दीर्घ स्थास्थ्य जीवन र औशत आयु, शिक्षा, आम्दानी, मानव अधिकार, सामाजिक सुरक्षा लगायतका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ। बुधवार एक कार्यक्रमबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिवेदन सार्वजनिक गरेका हुन्। त्यस्तै कूल राष्ट्रिय आय प्रति व्यक्ति ३ हजार ४५७ डलर रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, गरिबीको तथ्यांक कूल जनसंख्याको ३४ प्रतिशत रहेको उल्लेख छ। सूचकांकमा प्रति एक लाखमा २.३ जनाको हत्या हुने गरेको उल्लेख छ। त्यस्तै इन्टरनेट प्रयोगकर्ता कूल जनसंख्याको ३४ प्रतिशत रहेको उल्लेख छ।

यो सूचकांकमा नर्वे पहिलो स्थानमा छ। त्यस्तै आयरल्याण्ड र स्वीट्जरल्याण्ड दोस्रो स्थानमा छन्। दक्षिण एसियामा श्रीलंका सबैभन्दा अगाडि छ। विश्व सूचीमा श्रीलंका ७२ ‍औं स्थानमा मालदिभ्स ९५ औं स्थानमा छ। त्यस्तै भुटान १२९, भारत १३१, बंगलादेश १३३, पाकिस्तान १५४ र अफगानस्तान १६९ औं स्थानमा छ।

उत्तरी छिमेकी चीन ८५ औं स्थानमा हुँदा चीनको विशेष प्राशासनीक क्षेत्र हङकङ विश्वमै चौथो स्थानमा छ। सूचीको पुछारमा बुरुण्डी १८५ औं स्थानमा छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares