Saturday, April 20
Shadow

रक्सौल-काठमाण्डौ रेल मार्गको अझैँ टुङ्गो लागेन


  • -इ
  • इ+


ललित संज्याल-काठमाण्डौँ, पुष ५
भारतको रक्सौल देखि काठमाण्डौ सम्म बन्न लागेको रेल मार्गको सम्झौता २ बर्ष अगाडि भएको थियो । त्यसको प्रतिबेदन डि पि आर अझै तयार हुन सकेको छैन । भारतले डि पि आर बनाउन प्रस्ताप गरेको ४ महिना पछि उक्त पत्रमा यो महिना भित्र हस्ताक्षर गरिने भनिएता पनि कुन प्रविधि अपनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

भारतले आफ्नै लगानिमा बनाउन लागेको उक्त रेलमार्गको लम्बाई १३६ किलो मिटर रहेको छ । त्यसमा पनि ४२ किलोमिटर शुरुङ मार्ग बनाइने भनिएको छ । रेलमार्गको अध्यान भने अहिले सम्म गरिएको छैन । भौतिक, पूर्वाधार तथा यातायत मन्त्रालयका अनुसार, भारतले रोडगेज प्रविधि अनुसार बनाउने चाहाना गरेको छ । भारतको आफ्नै प्रविधि भएकाले उस्को चाहना अनुरुप चल्नु पर्ने भएको छ ।

स्टयान्डरगेजको जस्तो गतिमा रेललाई गुडाउन भने मिल्दैन । किन भने रोडगेज रेलको लिगको लम्बाई ५ ५ फिटको दुरीमा हुन्छ । स्ट्यान्डर गेजमा भने ४ फिट ८ ईन्चको दुरिमा हुन्छ । गति र प्रविधि दुबै हिसाबले उपयुक्त हुने भएकाले स्टान्डरगेजलाई नै केन्द्रमा राखि डि पि आर निर्माण गर्नुपर्ने बिज्ञहरुको भनाई छ ।

पुर्वाधारविज्ञ सुर्यराज आचार्यका अनुसार, भारतको कुनै छुट्टै ब्यापारिक स्वार्थ राजनितिक चासोको कुराहरु छैन भने बेग्लै हुन सक्छ तर नितान्त प्राविधिक र व्यवस्ती तरिकाले जाने हो भने उपयुक्त हुने उनको भनाई रहेको छ । भुगोल अनुशार रोडगेज प्रविधिमा बनाउनै नमिल्ने हैन तर विश्वभरमा रोडगेज प्रविधिलाई स्टयान्डरगेजले बिस्तापित गरेको छ । चिन सरकारले निर्माण गर्न लागेको केरुङ काठमाण्डौ रेलमार्ग भने स्टयान्डरगेजमा बनाउने गरी अध्यान गरेको र पुर्बपश्चिम रेलमार्ग पनि स्टयान्डरगेजमा बनाउने योजना छ ।

भारतिय सरकारी कम्पनि कोङकड रेल्बे कम्पनिले गरेको प्रारम्भिक अध्यानका अनुसार, डि पि आर तयार गर्ने छ । भारत सरकारले पठाएको समझदारी मस्यौदा सरकारले स्विकृत गरेको छैन । अब सरकारले भारतको सम्झौता लाई स्विकृत गर्छ कि गर्दैन भन्ने कुरामा सबैको चासोको बिषय रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares