Friday, March 13
Shadow

आर्थिक

सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गर्दै ग्लोवल सहकारीको नवौ वार्षिक साधारणसभा  सम्पन्न

सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गर्दै ग्लोवल सहकारीको नवौ वार्षिक साधारणसभा सम्पन्न

आर्थिक, समाचार, स्थानिय तह
काठमाडौँ, पुष ११ नुवाकोटको विदुर ४ बट्टारमा रहेको ग्लोवल उपभोक्ता सहकारी संस्थालिमिटेडको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी तिन वर्षका लागि सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा पवन नेपाल, विष्णुहरी अर्याल र देवनारायण चित्रकारलाई चयन गरेको छ । समितिका सदस्यहरुमा सुदर्शनमान दुवाल, रघुनाथ रिमाल, उसनमान श्रेष्ठ, सर्जु श्रेष्ठ र राजकुमार श्रेष्ठलाई चयन गरेको छ । यस्तै, अधिबेशनवाट सरोज डंगोलको संयोजकत्वमा शर्मिला डंगोल र भवानी भट्ट सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको निर्वाचन अधिकृत शिशिरकुमार लामिछानेले जानकारी दिए । साधारणसभाको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य हरिकृष्ण श्रेष्ठले गर्नुभएको थियो । साधारणसभा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुप्रसाद रिमालले वार्षि...
कृषि प्रधान देशका कृषकको समस्या बुझ्ने समय छैन सरकारलाइ

कृषि प्रधान देशका कृषकको समस्या बुझ्ने समय छैन सरकारलाइ

आर्थिक, कृर्षि, ब्यानर समाचार, राजनिती, समाचार, समाज
  काठमाडौँ, पुष ११ करिब एक महिना अगाडिबाट माइतिघर मण्डलमा न्यायका लागि धर्ना बसेका उखु किसान आजसम्म माइतिघर मण्डलमा व्यानरका साथ धर्ना बसिरहेका छ्न। सरकारले न्यायको लागि पहल गरिने बताएको छ तर किसान अघिल्ला बर्ष जस्तै सरकारी तहबाट हुने पहल आशा मात्रै हुने भन्दै धर्ना बसेको बताउछ्न। सानो छ खेत सानो बारी सानै छ जहान नगरी काम पुग्दैन खान साझ र बिहान, तपाईं हिटर तापेर पैसा ल्याइदिनु हामिलाई चप्पलमा नै न्यानो हुन्छ सरकार, जस्ता भनाइका व्यानर टासेर धर्नामा रहेका किसानका आर्थक बर्ष २०७१्७२ मा नेपाल सरकारले गरेको अनुदान रकम रु २५ प्रती क्विन्टल कार्यन्वयन गर्ने, २०७२्७३, २०७३्७४ मा नेपाल सरकारले निर्णय गरेको दर अनुसारको बक्यौता रकम किसानलाई फिर्ता गर्ने लगाएतका माग राखेका छ्न। ...
नारायणगढ-मुग्लिन सडकका पुल निर्माणले गति लियो

नारायणगढ-मुग्लिन सडकका पुल निर्माणले गति लियो

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । नारायणगढ- मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ । एउटा पुल अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलका लागि गएको चैतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्शनले ठेक्का स्वीकार गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर सविना रानाभाटका अनुसार ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् । प्याकेज–१ को कूल ठेक्क...
स्थानियतहमा लुटको खेती :  सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

स्थानियतहमा लुटको खेती : सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी भ्रष्टाचार सम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ । आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनतर्फ सबैभन्दा धेरै उजुरी परेको पाइएको जानकारी दिए। शिक्षा क्षेत्रमा १६.३६, भूमि प्रशासनमा ८.२९ प्रतिशत उजुरी परेका छन् । त्यस्तै, दर्ता उजुरीमध्ये वन तथा वातावरणसँग सम्बन्धित ४.२१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४.०७ र गृह प्रशासनसँग सम्बन्धित ३.६५ प्रतिशत छन् । भौतिक पूर्वाधार तथा यातायाततर्फ ३।५९, ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६६, अर्थतर्फ २.१७ प्रतिशत उजुरी परेका छन् ।...
कपडा तथा सिलाई व्यवसायीको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा अध्यक्ष रामकृष्ण श्रेष्ठ

कपडा तथा सिलाई व्यवसायीको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा अध्यक्ष रामकृष्ण श्रेष्ठ

आर्थिक, समाचार
काठमाण्डौँ, पुष ९ नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ यति बेला देशव्यापी अभियानमा रहेका छन् । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस अर्थात कोभिड १९ र त्यसले सिर्जना गरेको लकडाउनका कारण देशभरका अन्य व्यवसाय जस्तै कपडा तथा सिलाई व्यवसाय पनि त्यसको प्रत्यक्ष मारका पर्यो । सोहि कारणले पिडामा रहेका व्यवसायीहरुको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा रहेका छन् अध्यक्ष श्रेष्ठ । देशभरको ७० जिल्लामा गठित नेपाल कपडा तथा सिलाई व्यवसायी संघ र त्यसमा आवद्ध रहेका व्यवसायीहरु पछिल्लो समय के कस्ता समस्याहरुमा रहेका छन्, व्यवसायलाई के कसरी संचालन गर्दै छन् र वर्तवान परिस्थीतिमा उत्पन्न भएको समस्यालाई कसरी समाधान गर्न सकिन्छ, लगाएतका विषयमा व्यवसायीहरु संगको छलफल तथा भोटघाटलाई जोड दिएर आफु देशव्यापी अभियानमा रहेको अध्यक्ष श्रेष्ठले बताए । देशभरका व्यवसायी...
बिहीबार सुनकाे मुल्यमा वृद्धि

बिहीबार सुनकाे मुल्यमा वृद्धि

आर्थिक
काठमाण्डौ , पुस ९ । नेपाली बजारमा सुनको मूल्यले यात्रा उकालो लागेको छ। बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि तोलाको एक सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ८० रूपैयाँ कायम रहेको महासंघले बताएको छ।...
नेपालमै केहि गर्छु भन्ने युवाको लागि थ्रिकमले ल्यायो नि:शुल्क सिपमुलक तालिम

नेपालमै केहि गर्छु भन्ने युवाको लागि थ्रिकमले ल्यायो नि:शुल्क सिपमुलक तालिम

आर्थिक, टिप्स, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, पुष ९ न्युरोड स्थीत पिपुल पाल्जामा रहेको थ्रिकम केयरले स्वदेशमै बसेर केहि गर्छु भन्ने युवाहरुलाई लक्षित गर्दै नि:शुल्क सिपमुलक तालिम ल्याउने भएको छ । बिगत ७ वर्षदेखी मोबाइल, ल्यापटप रिपेयरिङका साथै मोबाइल, ल्यापटपका पाटपुर्जा विक्रि, वितरण गर्दै आएको यस थ्रिकम केयरले युवा लक्षित आकर्षक प्याकेजको घोषणा गरेको छ । यसै माघ महिनाभित्र १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्ने घोषणा गरेको छ । बढ्दो युवा पलायन रोक्नका लागी नेपाल सरकारले नै विशेष पहल गर्न ढिलाई भईरहेको अवस्थामा हामीले त्यसमा इटा थप्नका लागी सानो कदम चालेको थ्रिकम केयरका संचालक बिपिन जयसवालले बताए । १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्नुका साथै रोजगारीको ग्यारेन्टी पनि लिएका छन्। साथै कम्पनिबाट तालिम लिएका युवाहरुलाई थ्रिकममै रोजगारीको व्यवस्था समेत गरिएको संचालक जयसवालले बताए । तालिम बारे थप जानका...
५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स

५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स

आर्थिक, समाचार
काठमाण्डौँ, पुष ८ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र रु. १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।...
चितवनको  पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक  घुमौँ सौराहा अभियान सुरु

चितवनको पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक घुमौँ सौराहा अभियान सुरु

आर्थिक, मनोरञ्जन, समाचार, स्थानिय तह
राजेन्द्र आचार्य / चितवन चितवनको पर्यटकीय नगरी सौराहामा पहिलो पटक पर्यटन प्रर्वद्धनका लागि घुमौँ सौराहा अभियान सुरु गरिने भएको छ । नाकावन्दी, भुकम्प, मुग्लिन नारायणगढ सडक स्तरोन्नतिका कारण मारमा परेको सौराहा कोरोना भाईरससगैँ ठप्प बनेको थियो । जसका लागि होटल व्यवसायीहरुको साझा संस्था क्षेत्रिय होटल संघ सौराहाको आयोजनामा घुमौँ सौराहा अभियान सुरु गरिने भएको हो । आन्तरीक पर्यटन मार्फत क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहामा पर्यटक आर्कषित प्याकेजसहित देशका विभिन्न भागमा पत्रकार सम्मेलनसगैँ व्यवसायीक भेटघाट राख्दै यहि पुस १० गतेबाट अभियान सुरु गरिने क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भटट्राईले जानकारी दिए । अभियानको क्रममा पुस १० विराटनगर, पुस ११ जनकपुर, पुस १२ विरगंज विविध कार्यक्रम गरिनेछ । कोरोना भाइरसका कारण पर्यटन उद्योग ठप्प छ अध्यक्ष दिपकले भने, स्वदेशभित्र भने घुम्न र पर्यटकहरुला...
३४ अर्बले बढ्यो रेमिट्यान्स

३४ अर्बले बढ्यो रेमिट्यान्स

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं, पुस ७ । चालू आवको कात्तिकसम्म नेपालमा ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । गत आवको कात्तिकसम्म ३ खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार यो अवधिमा डलरमा भित्रिने रेमिट्यान्सको ६ प्रतिशतले वृद्धि भएको छ । चालू आवको चार महिनामा रेमिट्यान्समा भएको वृद्धि तथा आयात १० प्रतिशतले घटेपछि मुलुकको विदेशी मुद्रा सञ्चिति थप वृद्धि भएर १५ खर्ब ६ अर्ब पुगेको छ । विदेशी मुद्राको सञ्चितिले मुलुकको १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ । आयात १० प्रतिशतले घटेर ४ खर्ब २ अर्बमा सीमित भएको छ । चार महिनामा महँगी दर मौद्रिक नीतिले लक्षित गरेको भन्दा निकै तल छ । मौद्रिक नीतिले वार्षिक मूल्यवृद्धि ७ प्रतिशतमा सीमित पार्ने लक्ष्य लिएको छ । कात्तिकमा यो दर...