Tuesday, April 16
Shadow

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन तथा दोश्रो साधारणसभा सम्पन्न


  • -इ
  • इ+

काठमाडौ,माघ २५
नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन तथा दोश्रो साधारणसभा सम्पन्नभएको छ । जिल्ला अध्यक्ष राम चन्द्र परियारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि महासंघ अध्यक्ष राम कृष्ण श्रेष्ठ , विशिष्ट अतिथि पुतलीबजार नगर पालिका प्रमुख सिमा कुमारी क्षेत्री , उपप्रमुख महेश पुरी , महासंघ विशिष्ट सदस्य नरेन्द्र मित्रकोटी, अतिथि गण्डकी प्रदेश संयोजक किशन सेवा महासंघ सदस्य कृष्णा अधिकारी , सोम गौतम , गण्डकी प्रदेश आर्थिक प्रमुख चीन बहादुर परियार , पत्रकार महासंघ जिल्ला अध्यक्ष , उध्योग बाणिज्य संघ सचीव , सुनचाँदी ब्यवसायी संघ जिल्ला अध्यक्ष , तनहुँ जिल्ला अध्यक्ष हरि परियार लगायत अतिथिहरुको बिशेष उपस्थिति रहेको थियो।
जिल्लाका विभिन्न नगर र गाउँपालिका बाट प्रतिनिधित्व रहेको अधिबेशनको बन्दसत्र बाट सर्वसम्मतरुपमा राम चन्द्र परियारको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ।
नव निर्वाचित अध्यक्ष ,पदाधिकारी ,सदस्यहरुलाइ केन्द्रिय अध्यक्ष श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares