Friday, April 26
Shadow

आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने प्रधानमन्त्रीको दावी


  • -इ
  • इ+

काठमाडौं , फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्

आफू निकट उद्योगी तथा व्यवसायीहरुको राष्ट्रिय भेलालाई हिजो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको अत्याधिक प्रयोग गरी रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन् ।

उहाँले देशलाई आत्मनिर्भरतातर्फ लाने उपभोग्य वस्तुहरुको ठुलो परिमाणमा उत्पादन गरी निर्यात गर्न समेत आग्रह गर्नुभयो छ । प्रधानमन्त्री ओलीले कोभिडको बाबजुद पनि गरिबी नघटेको दाबी गरे । आगामी वर्ष आर्थिक वृद्धिलाई दोहोरो अंकमा पुर्‍याउने उनको भनाइ छ ।

आर्थिक विकासका निम्ति विभिन्न उद्योगहरुको स्थापना तथा खानीहरुको उत्खनन् गर्ने उनले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशलाई आर्थिक समृद्ध गर्ने एकमात्र एजेण्डा आफ्नो पार्टी र सरकारको रहेको बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares