Wednesday, May 1
Shadow

आर्थिक

व्यवसायिक पशुपालनमा रमाउदै बेलकोटगढीका एक युवक

व्यवसायिक पशुपालनमा रमाउदै बेलकोटगढीका एक युवक

आर्थिक, कृर्षि, समाचार, समाज, स्थानिय तह
काठमाण्डौं, साउन १७ विगत १८ बर्षदेखी नुवाकोट बेलकोटगढी नगरपालिका १० का कृष्ण प्रसाद तिवारीले गाडी चलाउने पेशा छोडी केपी पशुपालन फर्म सन्चालन गर्दै आफ्नो घरपरिवार र अन्य दुई जनालाई रोजगारी दिदै आएका छन् । तिवारीले पशुपालन व्यवसाय गरेदेखि घर व्यवहार चलाउन सहज र राम्रो आम्दानी भएको बताउछन् । आफ्नो घर परिवारलाई समय दिदै मध्यम लगानीबाट धेरै आम्दानी हुने व्यवसाय पशुपालन पनि हो भनि उनले बताएका छन् । हाल ७० देखि ८० ओटा सम्म बाख्रा पालन गर्दै आएका उनि भन्छन, सबैले आ आफ्नो ठाउँबाट कृषि क्रान्ति गर्ने र बिदेशमा भएका नेपाली दाजु भाइले पनि नेपालमै आएर पशुपालन गर्ने हो भने कृषि पेशाबाट नेपाललाई चाडै नै आत्मनिर्भर बनाउन सकिन्छ । भने जस्तो काम र राम्रो दामको लागि धेरै युवा बिदेशीएका छन् तर मेहनत र लगनशिल भएर काम गर्ने हो भने बिदेशमा जतिको कमाई नेपालमा नै गर्न सकिन्छ भन्ने उदाहरण तिवारिले दिएका छन् ...
सिस्ने गाउँपालिकालाई मानव विकास केन्द्रको सहयोग

सिस्ने गाउँपालिकालाई मानव विकास केन्द्रको सहयोग

आर्थिक, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, साउन १७ मानव विकास केन्द्र नेपालले शुक्रबार गाउँपालिकालाई २ हजार अमेरिकी डलर अर्थात २ लाख ३० हजार नेपाली रुपैंया बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्राप्त भएका छन् । ह्युमन प्राक्टिस फाउण्डेसन डेनमार्कको आर्थिक सहयोगमा मानव विकास केन्द्र नेपालले गाउँपालिकालाई २ हजार अमेरिकी डलर अर्थात २ लाख ३० हजार नेपाली रुपैंया बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो । यि सामाग्री गाउँपालिकाका सबै ५ वटा स्वास्थ्य संस्था र शव व्यवस्थापनमा खटिरहेको नेपाली सेनाको नरसिंह दल गणलाई समान रुपमा सहयोग गरिएको मानव विकास केन्द्रका उपाध्यक्ष लोकमणि गिरीले जानकारी दिनुभयो । ग्लोब्स, अक्सीमिटर, पिपिई सेट, मास्क, थर्मोमिटर, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री आज गाउँपालिका अध्यक्ष कुमारी बराललाई हस्तान्तरण गरिएको छ । मानव विका...
सामाजिक सुरक्षा भत्ता चोरी भएपछि वडासचिव र प्राविधिक सहायक पक्राउ

सामाजिक सुरक्षा भत्ता चोरी भएपछि वडासचिव र प्राविधिक सहायक पक्राउ

अपराध, आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, साउन २ सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी भएपछि बझाङमा वडासचिव र प्राविधिक सहायक पक्राउ परेका छन्। बुंगल नगरपालिका–११ का वडासचिव ओपेन्द्रकुमार महतोले पुतलीलेकको आफ्नो बस्ने कोठामा राखेको ३९ लाख रूपैयाँ गएको मंगलबार राती हराएको बताएका थिए। यसबारे अनुसन्धान गर्न प्रहरीले उनीसहित वडा कार्यालयका प्राविधिक सहायक खडकबहादुर सिंहलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले रकम चोरी भएको दिन सँगै रहेका दुबै जनालाई अनुसानधानका लागि नियन्त्रणमा लिइएको बताए। सचिव महतोले गत महिना बैंकबाट झिकेर २१ र २२ गते भत्ता बाँडेका थिए। बाँकी रहेको रकम उनले आफ्नो कोठामा राखेर ताला लगाई वडा कार्यालय गएका बेला २९ गतेको राति ९ बजेतिर चोरी भएको दाबी गरेका थिए।...
सर्वसाधारणका लागि आईपीओ जारी गर्दै नर्भिक अस्पताल

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै नर्भिक अस्पताल

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाणडौँ, असार २९ नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणा अन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको हो । योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’बाट रुपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निष्कासन(आईपीओ) समेत गर्नेछ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन...
यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २८ यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज असार २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई, ३ लाख २२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वधारण लगानिकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओमा मागभन्दा बढिी आवेदन परेकाले आज असार २८ गते बैंकिङ समयपश्चात बन्द हुनेछ । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा साढे १८ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्...
नेप्से परिसूचक ७३ अंकले बढ्याे, कारोबार रकममा पनि सुधार

नेप्से परिसूचक ७३ अंकले बढ्याे, कारोबार रकममा पनि सुधार

आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, असार २७ साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आइतबार भने उछाल आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८९८ दशमलव ४३ अंकमा पुगेको छ । नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेको हो । उता ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंक भन्दा बढीले बढेको छ । कारोबार रकम पनि ८ अर्ब भन्दा धेरै भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बीमा धेरै दिन कारोबार भएको थियो । नेप्सेमा कारोबार हुने सबै समूहगत सवइन्डेक्स बढेको छ । आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्रीइन्भेष्टमेन्ट फाइनान्स र तेस्रो नम्बरमा आईसीएफसी फाइनान्स देखिएको छ । यी तीनै कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ । धेरै गुमाउनेको शीर्ष स्थानमा भने कर्पोरेट डेभ...
मनकामना स्मार्ट लघुवित्तको आइपीओ भोली ९ः३० बजे बाँडफाँट हुने

मनकामना स्मार्ट लघुवित्तको आइपीओ भोली ९ः३० बजे बाँडफाँट हुने

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २७ मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर आइपीओ भोलि सोमबार विहान ९:३० बजे बाँडफाड हुने भएको छ । गत असार २४ गतेबाट बिक्रीमा ल्याएको आईपीयो शुक्रबार प्रि अलटमेन्ट गरेर बाँडफाँटको लागि नेपाल धितोपत्र बोर्डसगँ अनुमति माग गरेको थियो । उक्त शेयर भोली विहान ९:३० बजे बाडँफाँड हुने शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । लघुवित्तको असार २४ गते बिहीबारदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियोे । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागी छुट्याइएको थियो । उक्त आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरक...
यूनियन लाइफको साढे ६४ लाख कित्ता आईपीओ आजदेखी बिक्री खुला

यूनियन लाइफको साढे ६४ लाख कित्ता आईपीओ आजदेखी बिक्री खुला

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २४ यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखी बिक्री खुला गरिएको छ । कम्पनीले आज (असार २४ गते, बिहीबार) देखि सर्बसाधारणमा प्राथमिक सेयर (आईपीओ) बिक्री गरेको हो । कम्पनिले चुक्ता पुजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन तथा बिक्री गरेको हो । कम्पनिले निष्काशन गर्ने शेयरमध्ये ३ लाख २२ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई , ३ लाख २२ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वधाधरण लगानिकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओ छिटोमा असार २८ गते र यदि २८ गतेसम्म पनि आवेदन नपरेमा मात्र साउन ७ गतेसम्म आवेदन दिन पाईन्छ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्र...
जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित

जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २३ जीवन विकास लघुवित्तको आईपीओ आह बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बुधबार बिहान ९ः३० बजे बाँडफाँड गरिनेछ । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) प्रिअलटमेन्टसम्वन्धि सबै काम सकिएकाले आज बाँडफाँड गरिने भएको हो । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिनेछ । १० कित्ताका दरले आईपीओ बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले मात्रै...
मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार १७ मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार १७ गते) देखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले आज (असार १७ गते, बिहीबार) देखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत अर्थात् ३ करोड ८९ लाख रुपैयाँको आईपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता सेयर निष्कसन गरेको हो । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागी छुट्याईएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन पाउनेछन् । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा स...