Thursday, March 28
Shadow

नेप्से परिसूचक ७३ अंकले बढ्याे, कारोबार रकममा पनि सुधार


  • -इ
  • इ+

काठमाण्डौँ, असार २७
साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आइतबार भने उछाल आएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८९८ दशमलव ४३ अंकमा पुगेको छ । नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेको हो ।

उता ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंक भन्दा बढीले बढेको छ । कारोबार रकम पनि ८ अर्ब भन्दा धेरै भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बीमा धेरै दिन कारोबार भएको थियो । नेप्सेमा कारोबार हुने सबै समूहगत सवइन्डेक्स बढेको छ ।

आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्रीइन्भेष्टमेन्ट फाइनान्स र तेस्रो नम्बरमा आईसीएफसी फाइनान्स देखिएको छ । यी तीनै कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ ।

धेरै गुमाउनेको शीर्ष स्थानमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड देखिएको छ । यसैगरी ओरियण्टल होटल एनबीबीएल डिबेञ्चरको धेरै घटेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares