Thursday, April 18
Shadow

आर्थिक

बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक

बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक

आर्थिक, ब्यानर समाचार, समाचार, स्थानिय तह
नुवाकोट, असार १ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ । प्रदेश सरकरले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षमै अस्पतालमा...
स्वाथ्य सामाग्री खरिद गर्न १ लाख आर्थिक सहयोग गर्ने दम्पतीलाई धन्यवाद ज्ञापन पत्र

स्वाथ्य सामाग्री खरिद गर्न १ लाख आर्थिक सहयोग गर्ने दम्पतीलाई धन्यवाद ज्ञापन पत्र

आर्थिक, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, जेठ १५ यतिबेला विश्वसमुदायमा फैलीएको कोरोना भाईरसले सहरमा मात्रै नभएर गाउ गाउमा समेत मान्छेमा त्रास सृजना गरेको छ । दिनप्रतिदिन संक्रमितको संख्या थपिदै जाने र उपचारमा विभिन्न स्वास्थ्य सामाग्री अभाव हुन थाले संगै सबै स्थानीयतह हरुले यतिबेला आ आफ्नो ठाँउबाट सहयोग अपील गरिरहेका छन , यसै अन्तर्गत पश्चिम बाग्लुङको तमानखोला गा.पा.मा पछिल्लो केहि हप्ता यता निरन्तर रुपमा संक्रमण बढेपछि स्थानीयमा त्रास सृजना भएको हो , संक्रमण दर बढे संगै उपचारमा समस्या आउने देखिएकाले गा.पा.ले सहयोग अपील समेत गरेको छ । बढ्दो समस्यालाई मध्यनजर गर्दै तमानखोला गा.पा. ५ खुखांनीमा आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न नगद १ लाख आर्थिक सहयोग गर्ने तुलेन्द्र सुन्चौरी र उनका दम्पतीलाई वडाले धन्यवाद ज्ञापन गरेको छ । महामारीको बेला स्थानीय बासिन्दाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आपतकालीन समयमा आर्थिक ...
विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण दिइने

विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण दिइने

आर्थिक, ब्यानर समाचार, शिक्षा, समाचार
काठमाण्डौँ, जेठ १५ सरकारले वैकल्पिक शिक्षालाई सहयोग पुर्‍याउन विद्यार्थीलाई ल्यापटप खरीदमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सार्वजनिक विद्यालय तथा क्याम्पसको माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि एउटा ल्यापटप खरीद गर्न रु.८० हजारसम्म ऋण दिने बताएका हुन्। यस्तो ऋणको ब्याजदर १ प्रतिशत मात्रै हुनेछ भने कर्जाको अवधि दुई वर्ष हुनेछ।...
बृद्धभत्ता ४ हजार पुग्यो

बृद्धभत्ता ४ हजार पुग्यो

आर्थिक, ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौँ, जेठ १५ सरकारले बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्याएको छ । यसअघि ३ हजार रुपैयाँ मासिक भत्ता रहेको छ । सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७५३ बटै स्थानीय तहलाई क्वारेन्टाइन, आइसोलेसन, होल्डिङ सेन्टर लगायतका लागि बजेट छुट्याएको छ । बजेटले १०० शय्या वढी क्षमता भएका अस्पतालले आफ्नै अक्सिजन प्लान्ट बनाउनुपर्ने व्यवस्था गरेको छ । नीजि तथा सामूदायिक अस्पताललाइसमेत बजेटले अक्सिजन प्लान्टका लागि ५० प्रतिशत अनुदान दिने भएको छ ।...
सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

आर्थिक, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ १५ सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् । स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ । सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने पनि पौडेलले बताए ।...
पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख बढि रकम सहयोग गरे

पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख बढि रकम सहयोग गरे

आर्थिक, ब्यानर समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, जेठ १२ पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख छपंन्न हजार सात सय उनाननव्य रुपैँया सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रूपमा फैलीएको नया भेरियन्टको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण तथा मृत्युदर समेत बढ्दै गईरहेकाले उक्त समयलाई मध्ये नजर गर्दै एन।आर।एन पोर्चुगलकी उपाध्यक्ष नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ (शिवानी) को पहलमा पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूको सहयोगमा काठमाण्डौँ महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल ,सृजना बुर्लाकोटी ,सुशील भट्ट लगाएतको उपस्थितिमा बुधबार सामाजिक अभियान्ता एंव पत्रकार रवि लामीछानेको टिमलाई रु ४,५६,७८९ (चार लाख छपंन्न हजार सात सय उनाननव्य) चेक हस्तान्तरण गरियो छ । ...
खाडीका ति श्रमिकहरुलाई हृदयदेखी नै सलाम

खाडीका ति श्रमिकहरुलाई हृदयदेखी नै सलाम

आर्थिक, ब्यानर समाचार, विचार, समाज
शरद रिजाल/काठमाण्डौँ, जेठ ६ नेपालमा कोरोना महामारीले अक्सिजनको अभाबमा थुप्रै नेपालीले ज्यान गुमाउनु परेको कारुणीक दृश्यले कस्को मन नदुख्ला र ? अझ प्रदेशी मुलुकमा श्रम गर्न गएका नेपाली दाजुभाईहरुले आफ्नो देशको यो भाबबिह्बल अबस्थाले प्रदेशको त्यो बिरानो भुमीमा स्वदेशप्रतिको आगाध मायाले केही गरौ भन्ने मनोभाबनाले उद्देलीत हुदै आफ्नो मेहनतको कमाई संकलन गर्दे नेपालमा ५६०थान अक्सिजन सिलीण्डर पठाएकाछन। नेपालमा आफ्नो रोजी रोटी नचलेर बिदेशी भुमीमा श्रम गर्न बाध्य नेपालीले संकटको बेलामा आफनो गास काटेर अक्सिजन सिलीण्डर नेपाल पठाउनु मातृभुमीप्रतिको आगाध माया र देशप्रतिको उत्तरदायीत्व हो मानिस आफ्नो घर गृह्स्थ नचल्ने अबस्था भयो भने न बिदेशीन्छ । घर परीवार र देश छोड्दै पैसाको लागी बिदेशीनुपर्ने नेपालीको अहिलेको बाध्यता होईन परापुर्बकालमा हाम्रा पुर्खाहरु भारत हुदै बर्मा गएका ईतिहास हाम्रो सामु छ । जत...
आयोजनाको नाममा नदि दोहन

आयोजनाको नाममा नदि दोहन

अपराध, आर्थिक, ब्यानर समाचार, स्थानिय तह
काठमाण्डौँ, वैशाख २५ नुवाकोटको बेलकोटगढि नगरपालिकामा निर्माणाधिन लोक संचार मार्ग (जिलिङ सिमखेत केउरेनी कुमरी झ्याङ्ली पोखरी धार्के सडक खण्ड) निर्माण आयोजनाको नाममा तादी नदि दोहोन सुरु भएको छ । स्वच्छन्द/वल्डवाइड/अमृत जे.भी. बालाजु १६ काठमाण्डौँले निर्माण जिम्मा पाएको उक्त सडक आयोजनाको लागि नगरपालिकाको २०७७ चैत्र २ गतेको निर्णय अनुसार सोहि नगरपालिकाको वडा नं १२ को घोडघाड क्षेत्रबाट आवश्यक नदीजन्य पदार्थ उत्खनन अनुमति दिएको छ । तर आयोजनाको नाम लिर्दैँ शुक्रवार तादी नदीको बिचमा नै मेसिन चलाएर नदीजन्य पदार्थ उत्खनन गरिएको हो । आयोजनाले वातावरणीय प्रभावलाई समेत ख्याल नगरी नदी किनारामा नै क्रसर संचालन गरिरहेको छ । क्रसर संचालनको लागि नदी,पुल,सामुदायिक वन, विद्यालय, समुदायबाट ३ सय देखि ५ सय मिटरको दुरिमा हुन आवश्यक रहेको छ । तर त्यहाँ त्यस किसिमको कुनै पनि मापदण्ड पुरा भएको पाईदैँन । नगर...
नयाँ बसपार्कका टिकट काउण्टर १ गते देखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर १ गते देखि बन्द हुने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार
काठमाण्डौँ, चैत्र ३० नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिए । नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ । उक्त बसपार्कबाट ह...
साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, चैत्र १७ प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अ‍ोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो । ‘सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भन्नुभयो ।...