Thursday, April 25
Shadow

आर्थिक

काठमाण्डौं उपत्यकामा राति ८ बजे पछि गाडि चलाउन पाइने

काठमाण्डौं उपत्यकामा राति ८ बजे पछि गाडि चलाउन पाइने

आर्थिक, टिप्स, समाचार, स्थानिय तह
०९ भाद्र, काठमाण्डौं काठमाण्डौं उपत्यकामा राति ८ बजे पछि सार्वजनिक तथा निजि सवारी साधन संचालन गर्न पाइने भएको छ । यसअघिको राति ८बजेपछि गाडि चलाउन नदिने निर्णयलाई खारेज गर्दै स्थानीय प्रशासनले नयाँ निर्णय गरेको हो । मगंलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकलले यस अघिको निर्णयलाई पुन विचार गर्दै सो निर्णय खारेज गर्ने भएको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिएका हुन् । यसै बिच उपत्यकामा निषेधाज्ञाको अवधि थप एक हप्ता लम्ब्याउने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली,भक्तपुरका प्रेमप्रसाद भट्ठराई र ललितपुरका ढुन्डी प्रसाद निरौलाले कोरोना संक्रमण जोखिम कायमै रहेको निष्कषर््ा निकाल्दै भाद्र १६ सम्म निषेधाज्ञाको अवधि थप गरिएको छ ।...
पेट्रोलियम पद्धार्थको मुल्य वृद्धि कम गर्न नेविसंघको माग

पेट्रोलियम पद्धार्थको मुल्य वृद्धि कम गर्न नेविसंघको माग

आर्थिक, राजनिती, समाचार
लक्ष्मण श्रेष्ठ ०८ भाद्र, काठमाडौ सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पद्धार्थमा भएको मुल्य वृदि फिर्ता गर्न माग गरेका् छ । सोमबार रातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल,डिजेल मटितेल,खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य बढाएको थियो । नेवि संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेश विज्ञप्ति मार्फत मगंलबार मुल्य वृदि फिर्ता गर्न माग गरेका हुन ।कोरोना भाईरसले व्यवसाय तथा रोजगारी गुमेको अवस्थामा उमभोक्तालाई मार पर्ने गरी पेट्रोलियम पद्धार्थको मुल्य वृदि हुदा नेविसंघले आपत्ति जनाएको हो । कोभिड १९को महामारीको कठिन परिस्थितिमा सरकारले राहत वितरण गर्नु पर्नेमा कर र विभिन्न पद्धार्थको मुल्य वृद्धि गरेर जनताको चुलो बन्द गर्ने काम गरेको भन्दै नेविसंघले घोर विरोध गरेका छन् ।...
मानुषी लघुवित्तको आईपिओ नतिजा यसरी हेर्नुहोस

मानुषी लघुवित्तको आईपिओ नतिजा यसरी हेर्नुहोस

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, भाद्र ७ मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले सोमबार बिहान आईपिओ बाँडफांड गरेको छ । गोलाप्रथामार्फत् बाँडफाँट भएकोमा कुल ३६ हजार ८५९ जना सर्वसाधारणले सेयर हात पारेका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका छन्। कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ । जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/, बिकी प्रबन्धक नेपाल एसबिआइ मर्चेन्टको वेबसाइट https://nsmbl.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ ल...
अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न मानव अधिकार आयोगको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न मानव अधिकार आयोगको निर्देशन

अन्तर्राष्ट्रिय, अपराध, आर्थिक, समाचार
लक्ष्मण श्रेष्ठ ०२ भाद्र, काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न नेपाल सरकारलाई निर्देशन दिएका छन् । मगंलबार विज्ञप्ति जारी गर्दै आयोगले अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था बारे आफ्नो गम्भीर ध्यानार्कषण भएको जनाएको छ । विशेषगरी श्रम स्वीकृति नलिई त्यहा पुगेका र भिसा अवधि समाप्त भएका नेपालीहरु बढि जोखिममा रहेको आयोगले जनाएको छ । उनिहरुको रोजगार गुमेको अवस्थामा र खान बस्न पनि कठिन भएको परिस्थितिमा समस्या भोगिरहेको भन्दै आयोगले त्यहा भएका नेपालीहरुको सरकारसंग एकिन तथ्यांक नभएकोमा चिन्ता व्यक्त गरेका छन् । अफगानिस्तानमा जोखिममा रहेका नेपालीहरुको तथ्यांक तत्काल संकलन गर्न र वास्तविक अवस्था पत्ता लगाई सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई प्रेश विज्ञप्ति मार्फत आयोगले ध्यानार्...
इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा

इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा

अपराध, आर्थिक, मुख्य समाचार, शिक्षा, सुचना प्रविधि
  लक्ष्मण श्रेष्ठ ०१ भाद्र, काठमाडौं नेशनल कलेज अफ इन्जिनियरिङ का विद्यार्थी शैक्षिक मूल्य वूद्धि विरुद्ध आन्दोलनमा उत्रिएका छन् । विश्वव्यापी कोरोना महामारीका कारण विगत २ वर्ष देखि भौतिक रुपमा पठनपाठन ,प्रयोगात्मक कक्षा साथै अतिरिक्त क्रियाकलाप विना नै ईन्जिनियरिङका विद्यार्थीहरु अनलाईन मार्फत पढ्न बाध्य परेको समयमा पनि झन् मूल्य वृद्धि हुदा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । देशको समग्र शिक्षा प्रणाली नै कोरोना कहर र माफियाकरणको चपेटामा पर्दै गरेको वर्तमान स्थितिमा विद्यार्थीहरुको भौतिक रुपमा उपस्थिति नभएको अवस्थामा मूल्य वूद्धि गर्नु दादागिरी हो भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् । शिक्षा जस्तो संवेदनशिल बिषयमा यस्तो लापारबाहि गर्न कुन नैतिकताले दिन्छ र शुल्क वृद्धि गरिनुले शिक्षा क्षेत्रमा सरकारको निरिहता प्रष्ट भएको भन्दै हिजो अनेरास्ववियुले पे्रश वि...
ककनी गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पूर्ण प्रकृया पुरा

ककनी गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पूर्ण प्रकृया पुरा

आर्थिक, मुख्य समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, साउन २७ ककनी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पुर्ण प्रकृया पुरा गरेको छ । सामाजिक सुरक्षा भत्ता बितरणलाई थप सहज बनाउने उदेश्यले गाउँपालिकाले श्रावण २६ गते आयोजना गरेको सामाजिक सुरक्षा संग सम्बन्धित सरोकारवालाहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रममा यो जानकारी दिइएको हो । अन्तरक्रिया कार्यक्रमामा बोल्दै ककनी गाउँपालिकाका अध्यक्ष मान बहादुर लामाले सामाजिक सुरक्षा भत्ता समयमै बितरण गर्न गाउँपालिका प्रयत्नशिल रहेको जानकारी गराउनुभयो । उक्त कार्यक्रमामा ककनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर नेपालले सम्झौता अनुरुप पुर्ण अपाङ्ग र ९० बर्ष माथिका ज्येष्ठ नागरीकलाई घर घरमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्न बैङ्कहरुलाई निर्देशन दिँदै सम्पुर्ण लाभग्राहिहरुलाई आफ्नो सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नविकरण गराउनुहुन सम्पुर्ण लाभग्र...
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, साउन २७ सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी ९सचिव० सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ । ​दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्...
प्राकृतिक दृष्टिकोणले भरिपूर्ण खोटाङ

प्राकृतिक दृष्टिकोणले भरिपूर्ण खोटाङ

आर्थिक, ब्यानर समाचार 2, समाज, सम्पादकीय
२१ साउन २०७८ खोटाङ केशब श्रेष्ठ नेपालको पूर्वि भागमा अवस्थित खोटाङ जिल्ला प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ । पहिले यस क्षेत्रमा खोटेहाङ नाम गरेको किरात सभ्यताका राजा थिए र उनैका नामबाट खोटाङ नाम रहन गएको भन्ने यहांको समुदायको मान्यता छ । पूर्बको पशुपतिनाथको नामले चिनिने हलेसि मन्दिर पनि खोटाङ जिल्लामै पर्दछ । हलेसि हिन्दु, किरात र बौद्ध धर्मावलम्बिको साझा तीर्थस्थल हो । यहाँ देश बिदेशका मानिसहरु धार्मिक आस्था बोकेर आउने गर्दछन् । हलेसि गुफाको प्राकृतिक भुवनोटको संरचना बिश्वमै अनौठो मानिन्छ । यहाँ मनोरम प्राकृतिक दृश्य एवमं बिभिन्न अनौठा र आकर्षक चट्टानले भरिपुर्ण मन लोभ्याउने दृश्य देख्न सकिन्छ । हलेसिलाई हिन्दु धर्मावलम्विले पुर्वको पशुपति, बौद्ध धर्मालम्विले दोस्रो लुम्विनी र किरात धर्मावलम्विले आदिम भुमि मान्दै आइरहेका छन् । हलेसी मह...
सानिमा लाइफले भोली देखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म दिने आवेदन ?

सानिमा लाइफले भोली देखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म दिने आवेदन ?

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, साउन १९ सानिमा लाइफ इन्स्योरेन्सले भोली देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। सो आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। हाल इन्स्योरेन...
एमसीसी राष्ट्रघाती भन्दै काठमाण्डौंमा विरोध जनाउँदै

एमसीसी राष्ट्रघाती भन्दै काठमाण्डौंमा विरोध जनाउँदै

आर्थिक, टिप्स, राजनिती, समाचार
साउन १७, काठमाडौं साउन १९ गते मगंलबार देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपाल ले माईतीघर मण्डलामा एमसिसि को बारेमा विरोध सभा कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम ठिक १२ बजे बाट सुचारु हुने आयोजकले जनाएको छ । एमसिसिले देशको स्वाधीनता माथी असर पुर्याएको र देशको हक हितका लागि नरहेको राजनितिज्ञहरुले बताउदै आएका छन्, भने कतिपएले दुई तीन ओटा बुदाँहरु सच्चाए मात्र एमसीसी पास गर्न हुने बताएका छन् । एमसिसिले देशको हक हितका लागि असर पुर्याउने र तत्काल खारेज गर्नेुपर्ने देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालका अध्यक्षले बताएका छन । राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका लागि बिरोध सभामा उपस्थित हुन सम्पूर्ण देश प्रेमीहरुमा आग्रह गरेका छन् ।...