Saturday, May 4
Shadow

आर्थिक

न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

न्यादी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज १५ न्यादी हाइड्रोपावर लिमिटेडले आज (असोज १५ गते, शुक्रबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा छिटोमा असोज १९ गतेसम्म र ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।...
कुमारी बैंकको १३ हजार ८७४ कित्ता संस्थापक शेयर विक्रीमा

कुमारी बैंकको १३ हजार ८७४ कित्ता संस्थापक शेयर विक्रीमा

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज ५ कुमारी बैंक लिमिटेडको १३ हजार ८७४ कित्ता संस्थापक शेयर आज (मंगलवार) देखि विक्रीमा आएको छ । कम्पनीको संस्थापक शेयरधनी अन्जन कुमार पौडेलको नाममा रहेको १० हजार ८५७ कित्ता र सुनिल कुमार रेग्मीको नाममा रहेको ३ हजार १७ कित्ता गरी कुल १३ हजार ८७४ कित्ता शेयर विक्री खुला गरिएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन । कम्पनीले असोज ५ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त म्याद भित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति संस्थालाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।...
मेलम्ची पुनर्निर्माणका लागि थप एक अर्ब बजेट

मेलम्ची पुनर्निर्माणका लागि थप एक अर्ब बजेट

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाण्डौं, असोज ४ बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको जानकारी दिए । यसअघि मेलम्ची खानेपानी विकास समितिले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने कार्य योजना सरकारलाई बुझाएको थियो । समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरणका लागि दुई अर्ब रुपियाँ मागसहितको कार्य योजना सरकार समक्ष पेस गरेको थियो ।...
भोलिदेखि नयाँ नोट साट्न पाइने

भोलिदेखि नयाँ नोट साट्न पाइने

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज ३ भोलीदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलीदेखि दसैं र तिहारका लागि साट्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणले ५, १०, २० र १०० रुपैयाँ साट्न पाउनेछन् । यसवर्ष दशैं तिहारका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने भएको छ ।...
नेप्से : सबै सूचक राताम्मे

नेप्से : सबै सूचक राताम्मे

आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, भाद्र ३१ साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक ७६.६५ अंकले गिरावट आएको छ। नेप्से ७६.६५ अंकले घटेर दुई हजार ८१२.३८ अंकमा झरेको छ । विहिबार शेयर बजार दिनभर उतारचढाव भएर परिसूचक दुई हजार ७९५ सम्म झरेको थियो। तर, कारोबारको अन्त्यमा आएर बजार सम्हालिदा नेप्से दुई हजार ८ सयको विन्दु माथि नै रहन पुग्यो। आज कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँ बराबरको कारोबार भएको छ । स्मरण रहोस्, बुधबार कारोबार रकममा गिरावट आएर ५ अर्ब ३५ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको थियो। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव रहेको छ। तरलता अभावका कारण बैंकहरूले निक्षेप संकलन बढाउनको लागि असोज १ गतेदेखि लागु हुनेगरी निक्षेप तथा कर्जामा ब्याजदर बढाएका छन्। बैंकहरूले निक्षेप तथा कर्जाको ब्याज दर बढाएकाले...
एमसीसी विरुद्ध भर्खरै उर्लिए युवाहरु

एमसीसी विरुद्ध भर्खरै उर्लिए युवाहरु

Uncategorized, अन्तर्राष्ट्रिय, आर्थिक, भिडियाे, मुख्य समाचार, राजनिती
    ३०भाद्र,काठमाडौ लक्ष्मण श्रेष्ठ काठमाडौको नयाँ बसपार्क स्थित बिजि मल अगाडी एमसीसी विरुद्ध युवाहरू उर्लिएका छन् । उक्त कार्यक्रम हेमराज थापाको टोलिले कार्यक्रम गरेका हुन्। एमसीसी राष्ट्र घाति हो खारेज गर गो ब्याक अमेरिका जस्ता नारा लगाएको छ।यसको साथ साथै देशका प्रधानमन्त्री तथा उच्च नेताहरुलाई एमसिसि पास गरेमा स्विकार्य हुने छैन भन्दै चेतावनि दिएका छन्। नेपालको एमसीसी परियोजना बहसले अन्योलको वातावरण अमेरिकि सहयोग परियोजना एमसिसि विरुद्ध चर्को आवाजका कारण अब यसको समाधान फिर्ता मात्र हुन सक्ने अवस्था देखिदै गएको छ । ...
असोज ६ देखि ७० लाख कित्ता आईपिओ निष्काशन हुदैँ, कति दिने आवेदन ?

असोज ६ देखि ७० लाख कित्ता आईपिओ निष्काशन हुदैँ, कति दिने आवेदन ?

आर्थिक, टिप्स, समाचार
काठमाण्डौ,भाद्र २९ साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि ७० लाख कित्ता साधारण सेयर (आईपीओ) आईपीओ निष्काशन गर्ने भएको छ कम्पनीले पहिलो चरणमा साउन २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार सेबोनमा निवेदन पेश गरेको थियो । कम्पनीले ३५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण सेयर निष्काशन ...
युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था

युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था

आर्थिक, समाचार, समाज
कृष्णनगर, भाद्र २२ कपिलवस्तु जिल्लाको कृष्णनगर बजारमा अवस्थित नेपाल इन्भेष्टमेंट बैंक लिमिटेडको व्यवस्थापन तथा युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था भएको छ । कृष्णनगर बजारमा रहेको नेपाल इन्भेष्टमेंट बैंक लिमिटेडमा कृष्णनगर नगरपालिकाका सेवाग्राही सामाजिक सुरक्षा भत्ता लिन आंउदा समय लाग्ने भएकाले सेवाग्राही हरू घाममा वस्नु पर्ने तथा गर्मीका कारण तिर्खा लाग्नु स्वाभाविक हुन्छ । उक्त बैंकमा कामका सिलसिलामा इमबार्क इण्टरनेशनल नेपालका संचालक तथा युवा समाजसेवी समेत रहनु भएका मिर्जा राशिद बेग जांदा सेवाग्राही हरु घाममा बसेको देख्दा तत्काल बैंकका मैनेजर राकेश प्रसाद मल्ली संग सहकार्य गरेर सेवाग्राहीका लागि टेन्ट, पानी, मिठाईको व्यवस्थापन गराए । युवा समाजसेवी मिर्जा राशिद बेगले बताएकी आफू त्यहाँ जांदा बृद्ध, महिला लगायत अन्य घाममा बसेको देख्...
तेह्रथुम पावरकाे आईपीओकाे बाँडफाँडका लागि दिन ताेकियाे

तेह्रथुम पावरकाे आईपीओकाे बाँडफाँडका लागि दिन ताेकियाे

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, भाद्र २२ तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ यही हप्ता बाँडफाँड हुने पक्का भएको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार नेप्सेसँग अनुमति लिएर बुधबार बाँडफाँड गर्ने तयारी भएको छ । यदि आज अनुमति नपाए पनि बिहीबार सम्ममा बाँडफाँड हुने गरी काम अघि बढेको छ । कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याएको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले...
अबको फोनमा बिना नेटवर्क पनि फोन मेसेज गर्न मिल्ने

अबको फोनमा बिना नेटवर्क पनि फोन मेसेज गर्न मिल्ने

आर्थिक, मुख्य समाचार, समाचार, सुचना प्रविधि
लक्ष्मण श्रेष्ठ भाद्र २२,काठमाडौं । अब आउने आईफोन सिरिज १३ देखि २० सेप्टेम्बरभित्रमा आईफोन १३ सार्वजनिक हूने भएको छ । उक्त फोनमा बिना नेटवर्क फोन तथा मेसेज गर्न मिल्ने सिनेटले जनाएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण गत वर्ष प्रडक्सन दिला भएको आईफोन १२ अक्टोबर २३ मा सार्वजनिक भएको थियो तर यो बर्ष भने एप्पल पुरानै स्थितिमा आईफोन १३ रिलिज गर्ने तयारीमा रहेको छ । आईफोन १३ मा नयाँ फिचरको रुपमा फोनमा बिना नेटवर्क फोन तथा मेसेज गर्न सुविधा प्रदान गर्न लागेको हो । लो अर्थ अर्विट (एल.इ.ओ)प्रयोग गर्ने एबिपि न्युजले आफ्नो साइटमा लेखेको छ । यसको लागि एप्पलले ग्लोवल स्टारसँग सहकार्य गरेको स्रोतले जानकारी दिएका छन् । गत वर्ष आइफोन १२ ढिलो रिलिज गर्दा प्रयोगकर्ताहरू आइफोन १२ नकिनेर सिधै आइफोन १३ किन्ने तयारीमा रहेकाले पनि यो वर्ष रिलिज डेटपछि नसार्ने सोचमा एप्पल रहेको छ   &...