Monday, April 29
Shadow

अपराध

चोरीको मोटरसाइकलसहित धादिङका दुई युवक पक्राउ

चोरीको मोटरसाइकलसहित धादिङका दुई युवक पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, पुष २३ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने दुईजनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट राजन मगर र राजन तामाङले सवार गरिरहेको मोटरसाईकलसहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए । धादिङको निलकण्ठ नगरपालिका-९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ का राजन मगर र थाक्रे गाउँपालिका वडा नं. १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङले सवार गरेको बा ९२ प ७६३० नम्वर कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको छ । उक्त नम्बरको मोटरसाईकल गत वर्ष पुस २६ गते गते अन्दाजी १९:३० बजेको समयमा काठमाडौंको सोह्रखुट्टेस्थित...
दैलेखमा बालिका बलात्कार

दैलेखमा बालिका बलात्कार

अपराध, समाचार, समाज
काठमाण्डौं, पुष २२ दैलेखमा बालिका बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन् । घरमा कोही नभएको अवस्थामा पारी बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा प्रहरीले बिक लाई पक्राउ गरेको थियो । घटना बारे स्थानिय एक ब्यक्ती ले धटनाबारे प्रहरीलाइ जानकारी गरे लगत्तै प्रहरी को टोलिले दोषि लाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका पुरुषलाई अनुशन्दान को लागी हिरासत मा राखेर अनुशन्दान जारी छ ।...
कैलालीमा ४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

कैलालीमा ४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, पुष २२ कैलालीको धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ९ की ४ वर्षीया बालिकामाथि सोमवार बलात्कार भएको प्रहरीले जनाएको छ । बालिकामाथि उनकै छिमेकी भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । प्रहरी नायब उपरीक्षक बिष्टले जाहेरी दर्ता भएको र सोही जाहेरीका आधारमा कोरीलाई पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । कोरीले मामाघरमा आएका बेला बलात्कार गरेको र अदालतबाट म्याद थप गरि कोरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित दुई जना पक्राउ

अपराध, समाचार
कठमाण्डौं, पुष २२ प्रहरीले मंङगलबार धरान १३ बस्ने २४ वर्षीय सचिन प्रधान र मोरङको केराबारी गाउपालिका ५ मा बस्ने २४ वर्षीय सन्दीप राईलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । शंकास्पद अवस्थामा प्रधानलाई खानतलास गर्दाेपाइन्टको गोजीभित्र लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन फेला परेको थियो । प्रहरीकोे सेधपुछ को क्रममा केराबारी बस्ने सन्दीपबाट खरिद गरेको बयान दिएका थिए । प्रहरीले तत्कालै सन्दीपको खोजी गर्दा धरान वडा नम्बर–६, पानबारी बाट खैरो हेरोइन खरिद गर्ने ग्राहक लाई पर्खेर बसेको अबस्थार्मा सन्दीप लाई खानतलासी गर्दा ७ सय मिलिग्राम खैरो हेरोइन फेला परेको डियसपि बस्नेतले बताए । पक्राउ परेका दुवैलाई लागूऔषध मुद्दामासुनसरी जिल्ला अदालत ले अनुशन्दान गरीरहेको छ ।...
बाईपासमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ती पक्राउ

बाईपासमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ती पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, पुष २२ धारिलो हतियार प्रहार गरी हत्या गर्ने पक्राउ परेका छन् । भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा भारत मोतीहारी घर भएका २५ वर्षीय सुबोध शर्मालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ बाईपास ओरालोस्थित तरुण मा वि नजिक सडक खण्डमा सुबोधले मंगलवार राति छुरा प्रहार गर्दा गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहार गरी फरार रहेका सुबोधलाई काठमाडौं फर्पिङस्थित चेकपोष्टमा ना १ ज ७५६२ नम्बरको सुमो गाडीमा प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।...
काठमाडौंको बालाजुमा कपडा काट्ने कैंचीले घोपेर युवकको हत्या

काठमाडौंको बालाजुमा कपडा काट्ने कैंचीले घोपेर युवकको हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २२। काठमाडौंको बालाजुस्थित बाइपासमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ । काठमाडौंको बालाजु बाइपासमा स्थानीय टेलर व्यवसायी बिच भएको झगडामा म‌ंगलबार राति एकजनाको ज्यान गएको हो । मंगलबार राति स्थानीय दुई टेलर व्यवसायीबिच विवाद हुँदा लिएको उग्र रुपले अन्दाजी २३ वर्षीय कलाम मियाँको ज्यान गएको हो । अर्का टेलर व्यवसायी अन्दाजी २३ वर्षीय सुबोध शर्माले कपडा काट्ने कैंचीले मियाँको कोखामा प्रहार गरेका थिए । गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।...
कैलालीमा ७ किलो चरेशसहित होटल सञ्चालक पक्राउ

कैलालीमा ७ किलो चरेशसहित होटल सञ्चालक पक्राउ

अपराध, समाचार, समाज, स्थानिय तह
कैलाली, पुस २० । कैलालीमा चरेशसहित एक होटलका सञ्चालक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका अत्तरियास्थित जानकी होटलका सञ्चालक बलबहादुर धामी पक्राउ परेका हुन। उनको साथबाट ७ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ। धामीलाई प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले पक्राउ गरेको हो।...
गैंडाको खागसहित कैलालीमा एक जना पक्राउ

गैंडाको खागसहित कैलालीमा एक जना पक्राउ

अपराध, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २० कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए । उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए ।...
पाँच किलो गाँजासहित युवक पक्राउ

पाँच किलो गाँजासहित युवक पक्राउ

अपराध, समाचार
काठमाण्डौं, पुष १९ रौतहटको गरूडा नगरपालिका–२ बाट सोही ठाउँका एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका छन्। २९ वर्षीय रामविश्वास सहनी शनिबार दिउँसो पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय गरूडा बजारबाट खटिएको प्रहरीले उनको साथबाट करिब पाँच किलो गाँजा बरामद गरेको छ। प्रहरीले उनी सवार ना.५६ प २६५५ नम्बरको मोटरसाइकल रोकेर जाँज गर्दा गाँजा फेला परेपछि पक्राउ गरेको जनाएको छ। उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गर्ने भएको छ।   ...
पेस्तोल देखाएर कोटेश्वरमा लुटपाटको प्रयास

पेस्तोल देखाएर कोटेश्वरमा लुटपाटको प्रयास

अपराध, मुख्य समाचार, समाचार
काठमाडौं, पुस १९ पेस्तोल देखाएर कोटेश्वर चोकमा लुटपाटको प्रयास गरिएको छ। आज बिहान बिहान ६ः३० बजे काठमाडौंको कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा एक युवकलाई पस्तोल देखाएर लुटपाट गर्न खोजिएको हो। राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरलाई पेस्तोल देखाएर लुट्न खोजेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। उनीसँग मोबाइल मागेको थियो। मोबाइल नदिँदा पेस्तो खेदाएको जनाएको छ। उनले प्रतिवाद गरेपछि पेस्तोल झरेको थियो। त्यसपछि ति व्यक्ति भागेको प्रहरीले जनाएको छ। उनले तत्कालै प्रहरीलाई खबर गरेको थियो। घटना अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी नायव परीक्षक विष्टले बताए।...