Thursday, April 25
Shadow

कैलालीमा ४ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ


  • -इ
  • इ+

काठमाण्डौँ, पुष २२
कैलालीको धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ९ की ४ वर्षीया बालिकामाथि सोमवार बलात्कार भएको प्रहरीले जनाएको छ ।

बालिकामाथि उनकै छिमेकी भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बिष्टले जाहेरी दर्ता भएको र सोही जाहेरीका आधारमा कोरीलाई पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । कोरीले मामाघरमा आएका बेला बलात्कार गरेको र अदालतबाट म्याद थप गरि कोरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares