काठमाण्डौं, पुष २२
दैलेखमा बालिका बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन् ।
घरमा कोही नभएको अवस्थामा पारी बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा प्रहरीले बिक लाई पक्राउ गरेको थियो । घटना बारे स्थानिय एक ब्यक्ती ले धटनाबारे प्रहरीलाइ जानकारी गरे लगत्तै प्रहरी को टोलिले दोषि लाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका पुरुषलाई अनुशन्दान को लागी हिरासत मा राखेर अनुशन्दान जारी छ ।