Friday, March 29
Shadow

चोरीको मोटरसाइकलसहित धादिङका दुई युवक पक्राउ


  • -इ
  • इ+


काठमाण्डौँ, पुष २३
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने दुईजनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट राजन मगर र राजन तामाङले सवार गरिरहेको मोटरसाईकलसहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

धादिङको निलकण्ठ नगरपालिका-९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ का राजन मगर र थाक्रे गाउँपालिका वडा नं. १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङले सवार गरेको बा ९२ प ७६३० नम्वर कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको छ ।

उक्त नम्बरको मोटरसाईकल गत वर्ष पुस २६ गते गते अन्दाजी १९:३० बजेको समयमा काठमाडौंको सोह्रखुट्टेस्थित सडक खण्डबाट हराएको थियो । हराएको मोटरसाइकल खोजीका लागि ट्राफिक महाशाखामा जिल्ला पर्सा ठोरी गाउँपालिका-९ बस्ने पूर्ण बहादुर थापाले दिएको हुलिया निवेदन दिएका थिए ।

सोही निवेदनको आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares