Saturday, April 20
Shadow

मन्दिरमै सामुहिक बलात्कारपछि हत्या, मुख्य अभियुक्त पुजारी पक्राउ


  • -इ
  • इ+

काठमाडौं, पुस २४ । भारतको उत्तर प्रदेशअन्तर्गत बदायुन जिल्लास्थित मन्दिरमा एक महिलालाई सामुहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अभियुक्त पुजारीलाई मेवली गाउँस्थित एक भक्तजनको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । गाउँलेले पुजारीलाई समातेर प्रहरीलाई खबर गरेका थिए । ती पुजारीबारे खबर गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीले घोषणा गरेको थियो ।

बदायुन जिल्लाको उघैती क्षेत्रमा ५० वर्षीया महिलालाई सामुहिक बलात्कारपछि हत्या गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला गत आइतबार साँझ मन्दिरमा पूजा गर्न गएका बेला यो घटना भएको थियो । बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि पुजारीका दुई साथीलाई पक्राउ गरिसकेको छ । एजेन्सी

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares