Friday, March 29
Shadow

काठमाडौंको बालाजुमा कपडा काट्ने कैंचीले घोपेर युवकको हत्या


  • -इ
  • इ+

काठमाडौं , पुस २२। काठमाडौंको बालाजुस्थित बाइपासमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ । काठमाडौंको बालाजु बाइपासमा स्थानीय टेलर व्यवसायी बिच भएको झगडामा म‌ंगलबार राति एकजनाको ज्यान गएको हो ।

मंगलबार राति स्थानीय दुई टेलर व्यवसायीबिच विवाद हुँदा लिएको उग्र रुपले अन्दाजी २३ वर्षीय कलाम मियाँको ज्यान गएको हो ।

अर्का टेलर व्यवसायी अन्दाजी २३ वर्षीय सुबोध शर्माले कपडा काट्ने कैंचीले मियाँको कोखामा प्रहार गरेका थिए । गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रहरीले अभियुक्तलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares