Friday, April 19
Shadow

पाँच किलो गाँजासहित युवक पक्राउ


  • -इ
  • इ+

काठमाण्डौं, पुष १९

रौतहटको गरूडा नगरपालिका–२ बाट सोही ठाउँका एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका छन्।

२९ वर्षीय रामविश्वास सहनी शनिबार दिउँसो पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय गरूडा बजारबाट खटिएको प्रहरीले उनको साथबाट करिब पाँच किलो गाँजा बरामद गरेको छ।

प्रहरीले उनी सवार ना.५६ प २६५५ नम्बरको मोटरसाइकल रोकेर जाँज गर्दा गाँजा फेला परेपछि पक्राउ गरेको जनाएको छ।

उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गर्ने भएको छ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares