Wednesday, May 15
Shadow

अपराध

ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस २९ । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुनलाई आज अपराह्न ३ स् ०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
साढे ९ लाख बढी रकमसहित दुई जना पक्राउ

साढे ९ लाख बढी रकमसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २९ । सिराहाबाट स्रोत नखुलेको साढे ९ लाख रकमसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बरियारपट्टि गाउँपालिका-२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदि मंसुर छन्। बरियारपट्टी गाउँपालिका-१ कचनारीमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलमा सवार दुई जनामाथि प्रहरीले चेक गर्दा स्रोत नखुलेको ९ लाख ३९ हजार १५ रुपैयाँ बरामद गरेको हो। उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए।दुबैजनालाई ईलाका प्रहरी कार्यालय, महेशपुरपतार सिरहामा थप अनुसन्धान गरिरहेको डिएसपी शर्माले बताए।...
काठमाडौंको तारकेश्वरबाट बाघको छालासहित एकजना पक्राउ

काठमाडौंको तारकेश्वरबाट बाघको छालासहित एकजना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २९ । काठमाडौंको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनमैजु बस्ने बृशराज घले छन् । प्रतिबन्धित बाघको छाला अवैध तरिकाले बेच्न ग्राहक खोजिरहेका घलेलाई अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको डेराबाट ६ फिट २ इन्च लम्बाई र १ फिट दुई इन्च चौडाई भएको बाघको छाला बरामद गरेको हो ।...
चोरीको मोटरसाइकलसहित धादिङका २ जना पक्राउ

चोरीको मोटरसाइकलसहित धादिङका २ जना पक्राउ

अपराध, आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २८ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गएराति साढे १ बजे काठमाण्डौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित सडक खण्डबाट धादिङको गल्छी गाउँपालिका बस्ने २७ वर्षीय विजय तामाङ र १८ वर्षीय आईतराज तामाङलाई प्रदेश ३–०२–०११प ७२४१ नम्बरको कालो रातो रंगको १५० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाले जनाएको छ । उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए । कीर्तिपुर नगरपालिका–७ बस्ने पुण्य महर्जनले मोटरसाइकल काठमाडौंको चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा निवेदन दिएका थिए । महाशाख...
छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा आर आर क्याम्पसका प्राध्यापक पक्राउ

छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा आर आर क्याम्पसका प्राध्यापक पक्राउ

अपराध, मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष २८ रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् । क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंह राठोरले  बताए । प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएका थिए । ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसबाट नै पक्राउ गरिएको एसएसपी राठोरले बताए । एसएसपी राठोरका अनुसार आचार्यमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाइएको छ ।...
३७ लाख नगद र ७ लाखको चेकसहित नागढुङ्गाबाट एक जना पक्राउ

३७ लाख नगद र ७ लाखको चेकसहित नागढुङ्गाबाट एक जना पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३७ लाख र सात लाख रुपैयाँको चेकसहित एक जना पक्राउ परेका छन् । चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख ९१३९ नम्बरको माइक्रोबस जाँच गर्दा झोलामा लुकाइरहेको ३७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको सात लाख रुपैयाँको चेक र एक थान खाली चेकसहित चितवनको माडीका रामकुमार गुरुङलाई बिहान प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार

मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार

अपराध, आर्थिक, समाचार
काठमाण्डौँ, पुष २६ मेगा केवल नेटका सञ्चालक श्याम प्रसाद पौडेल संस्थाबाट लाखौं रकम कुम्ल्याएर सम्पर्कविहीन भएका छन् । संस्थाबाट पटकपटक पेश्की भन्दै ३३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ रकम लिई उनी सम्पर्कमा नआएका हुन् । पौडेल सम्पर्कमै आउन नचाहेपछि उनीविरुद्ध प्रहरीमा मुद्दा दायर गर्ने तयारीमा मेगा केवलका अन्य सञ्चालकहरु छन् । तर, सोमबार पौडेलविरुद्ध महानगरीय प्रहरी वृत्त बालाजुुमा उजुरी समेत परिसकेको छ । संस्थामा रकम फिर्ता गर्न नआएपछि ताकेता स्वरुप केवलको तर्फबाट विभिन्न राष्ट्रिय दैनिक तथा अनलाइनमा समेत पौडेलको नाममा सूचना प्रकाशन भएको छ । उनीविरुद्ध परेको उजुरीमा संस्थाको पैसा अनाधिकृत रुपमा लिएर उल्टै कार्यालयका कर्मचारीहरुलाई अनावश्यक रुपमा धम्क्याउने,गालीगलौज गर्ने, आफुले भनेजस्तो गर्न दवाव दिने जस्ता दुस्कर्म गरेको पौडेलका एक पार्टनरले बताए । उजुरीमा निज पौडेलले गैरकानू...
चित्तलको मासु काटिरहेको अवस्थामा ४ महिला पक्राउ

चित्तलको मासु काटिरहेको अवस्थामा ४ महिला पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २४ । बर्दिया राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको शिवदल गणको थुमनी सुरक्षा पोष्टबाट खटिएको टोलीले चित्तलको मासु काटिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । ४ किलो चित्तलको मासु सहित चार जना महिलाहरुलाई नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनलाई बुझाइएको नेपाली सेनाले जनाएको छ । पक्राउ पर्नेहरुमा वांसगढी नपा ९, थुमनी बस्ने मोनकला भण्डारी, जुन चन्द ठकुरी, जैसरा विक र सावित्रा वली रहेका छन् । उनीहरुले थुमनीस्थित घरमा मासु काटिरहेको अवस्थामा सेनाको टोलीले फेला पारेको थियो ।...
बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
स्याङ्जा, पुस २४ । जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् । ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।...
मन्दिरमै सामुहिक बलात्कारपछि हत्या, मुख्य अभियुक्त पुजारी पक्राउ

मन्दिरमै सामुहिक बलात्कारपछि हत्या, मुख्य अभियुक्त पुजारी पक्राउ

अन्तर्राष्ट्रिय, अपराध
काठमाडौं, पुस २४ । भारतको उत्तर प्रदेशअन्तर्गत बदायुन जिल्लास्थित मन्दिरमा एक महिलालाई सामुहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार अभियुक्त पुजारीलाई मेवली गाउँस्थित एक भक्तजनको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । गाउँलेले पुजारीलाई समातेर प्रहरीलाई खबर गरेका थिए । ती पुजारीबारे खबर गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीले घोषणा गरेको थियो । बदायुन जिल्लाको उघैती क्षेत्रमा ५० वर्षीया महिलालाई सामुहिक बलात्कारपछि हत्या गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला गत आइतबार साँझ मन्दिरमा पूजा गर्न गएका बेला यो घटना भएको थियो । बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि पुजारीका दुई साथीलाई पक्राउ गरिसकेको छ । एजेन्सी...