Tuesday, August 25
Shadow

Author: Interview Nepal

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चितता लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय भएको बताएका हुन् । उनले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको  बताए । उनले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए । उनले भने, ‘अर्थ...
भन्सार एजेन्टहरुले अर्थमन्त्रीलाई बुझाए  १४ बुदें मागपत्र

भन्सार एजेन्टहरुले अर्थमन्त्रीलाई बुझाए १४ बुदें मागपत्र

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
भन्सार एजेन्टहरुले राजस्व संकलनमा वृद्धि गर्न र भन्सार एजेन्टहरुको हित हुनुपर्नेमा जोड दिदै भन्सार एजेन्टहरुको १४ बुदें मागपत्र अर्थमन्त्रीलाई अर्थमन्त्रीको कार्यकक्षमा बुझाएका छन ।भन्सार एजेन्टका विविध समस्याहरुको समाधान गर्ने उद्धेश्यले भन्सार एजेन्टको पेशागत हकहितको लागि गठित राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले आज अर्थ मन्त्रालयमा अर्थ मन्त्री विष्णु प्रसाद पौडेललाई एक कार्यक्रमका विच ध्यानाकर्षण गराई ज्ञापन पत्र बुझाएको छ । अन्तराष्ट्रिय व्यापारको आयाममा बढोत्तरी भएसंगै र यसको अनुपातमा भन्सार एजेन्टको संख्या अत्यन्त न्यून रहेकोले अर्थ मन्त्रालय भन्सार विभागले लामो समयको कसरतबाट गत असारमा ६१८ जनालाई इजाजत पत्र वितरण गरेको थियो । राज्यको सबैभन्दा बढी राजश्व संकलन हुने भन्सार क्षेत्रमा भन्सार एजेन्टले राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । साथ...
बिकासको बहसमा बिहारको दृष्टान्त

बिकासको बहसमा बिहारको दृष्टान्त

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, विचार
- केशव दाहाल    सभ्यताले मान्छे, प्रकृति, समाज, संस्कृति, अर्थतन्त्रका विविध पक्षहरूको समग्र चित्र दिन्छ। हामीले विकासका बारेमा सोच्दा समग्र प्रकृतिबारे सोच्नुपर्छ। मान्छेबाहेकका जनावर, चराचुरुङ्गी र पर्यावरण पनि सोच्नुपर्छ। विकासको 'हार्डवेयर'मात्र होइन, सफ्टवेयरबारे पनि सोच्नुपर्ने हुन्छ। कला संस्कृति, संगीत र सभ्यताबारे पनि सोच्नुपर्ने हुन्छ। मानव समाजको समग्र चीज नै सभ्यता हुन् र सभ्यतालाई एक कदम अगाडि लैजाने कुरा विकास हो। तर, हाम्रा राजनीतिक अगुवाहरूले केबल पूर्वाधारलाई मात्रै विकासका रूपमा बुझ्ने गरेको देखिन्छ। पूर्वाधारभित्र पनि चौडा सडक, ठूला घर, ठूलो संरचना, ठूला एयरपोर्ट, रेल बनाउने त्यसबाट कुस्त पैसा कमाउने हुने कुरालाई नै विकास बुझिने गरेको छ। आम मान्छेले कुनै पनि कुराको आयतन बढ्नुलाई मात्रै विकास ठान्ने गरेका छन्। चुनावमा कुनै पार्टीले धेरै सिट ल्याए त्यस पार्टीको वि...
हलगोरु पाल्ने किसानलाई आर्थिक अनुदान

हलगोरु पाल्ने किसानलाई आर्थिक अनुदान

कृर्षि, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान प्रोत्साहन स्वरुप दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई उक्त अनुदान दिइने भएको हो । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको नगरप्रमुख बालकृष्ण बस्नेतले बताए । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको बस्नेतले बताए । नगरपालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने काम भइरहेको छ ।  ...
रोनाल्डोलाई सार्वजनिक गर्यो साउदीको क्लब अल नसरले

रोनाल्डोलाई सार्वजनिक गर्यो साउदीको क्लब अल नसरले

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा सार्वजनिक भएका छन् । साउदी क्लबले मंगलबार राति घरेलु मैदान म्रसोल पार्कमा एक विशेष समारोह गर्दै रोनाल्डोलाई सार्वजनिक गरेको हो । सार्वजनिक कार्यक्रममा रोनाल्डोले अब आफ्नो युनाइटेडसँग कुनै सम्बन्ध नभएको बताएका छन् । आफू नयाँ चुनौतीका लागि साउदी आएको बताए । ‘म यहाँ नयाँ चुनौतीका लागि आएको हु । अब युनाइटेडसँग मेरो कुनै सम्बन्ध छैन्,’ रोनाल्डोले भने । रोनाल्डोले साउदीको क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । सार्वजनिक कार्यक्रममा रोनाल्डोले अब आफ्नो युनाइटेडसँग कुनै सम्बन्ध नभएको बताएका छन् । आफू नयाँ चुनौतीका लागि साउदी आएको बताए । ‘म यहाँ नयाँ चुनौतीका लागि आएको हु । अब युनाइटेडसँग मेरो कुनै सम्बन्ध छैन्,’ रोनाल्डोले भने । रोनाल्डोले साउदीको क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
तारकेश्वर नगरपालिका : दर्ता सहयोगी छनौट सम्बन्धी सूचना

तारकेश्वर नगरपालिका : दर्ता सहयोगी छनौट सम्बन्धी सूचना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
तारकेश्वर नगरपालिकाले नागरिकहरूको स्वास्थ्य बिमा कार्यक्रम का लागि जारी गरिएको सूचना अनुसार रित पुर्व निवेदन र छनौट समितिको निर्णय अनुसार उमेदवार छनौट भएको यसै सूचना द्वारा जानकारी गरिन्छ । जसमा मुख्य उम्मेदवार मा विकास तिमल्सीना रहनुभएको छ भने बैकल्पीक उम्मेदवार मा विन्दु तामाङ हुनुहुन्छ। उमेदवार मा छनौट हुनु भएको मा धेरै धेरै बधाई तथा शुभकामना। ...
चन्द्रागिरि नगरपालिका :  लिखित परीक्षा एवं अन्तर्वार्ता सम्बन्धी सूचना

चन्द्रागिरि नगरपालिका : लिखित परीक्षा एवं अन्तर्वार्ता सम्बन्धी सूचना

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
चन्द्रागिरि नगरपालिकाले लिखित परीक्षा एवं अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ। यस नगरपालिकामा देहायका मितिमा प्रकाशित बमोजिमका पदहरू सेवा करारमा पदपूर्तिका लागि प्रकाशित सूचना अनुसार आवेदन पेस गर्नुहुने आबेदकहरूको लिखित परीक्षा एवं अन्तर्वार्ता देहाय बमोजिम हुने भएकाले सबैमा यो जानकारी गराइन्छ।   ...
कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो स्पष्टिकरण

कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो स्पष्टिकरण

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न कार्ययोजनाको ठेकेदारलाई सम्झौता बमोजिम कामको प्रगति नगरेको, कार्य अधुरो छोडेको जस्ता कुराहरूमा कारबाही किन नगर्ने भनि स्पष्टिकरण मागेको छ ।
अष्ट्रेलियाको गोल्ड कोस्टमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चारको मृत्यु

अष्ट्रेलियाको गोल्ड कोस्टमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चारको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
अष्ट्रेलियाको गोल्ड कोस्टमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनापछि एउटा हेलिकोप्टर समुन्द्री तटबाट केही फिट नजिकैको बालुवामाथि उत्तानो परेको  थियाे । दुर्घटनाग्रस्त हेलिकोप्टरका पंखाहरु निकै टाढा उछिट्टिएका थिए भने घटनास्थलमा तत्काल उद्दार टोली र प्रहरी परिचालन गरिएको छ । ‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्,’ क्विन्सल्यान्डका प्रहरी निरीक्षक ग्यारी वोरिलले भने । हेलिकोप्टर दुर्घटनावारे त्यहाँको यातायात सुरक्षा ब्युरोले अनुसन्धान थालेको छ । अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेषकोसमेत जाँच गरेका छन् ।...