काठमाडौं,१० असार । जनता समाजवादी पार्टी (जसपा)नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ ।
अधिवेशन आज बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुनेछ । केन्द्रिय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, देशभरका भ्रातृ संगठन लगायतबाट तथा
प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
विधान अधिवेशनको पहिलो दिन अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।