Sunday, September 27
Shadow

Author: Interview Nepal

हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.६ को भूकम्प

हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.६ को भूकम्प

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
हुम्ला,२८ असार । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेटमा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको र भूकम्पबाट कुनै क्षति भएको खबर प्राप्त नभएको जनाएको छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।...
प्रधानमन्त्रीपत्नी दहालको निधनप्रति उपाध्यक्ष मशहूद द्वारा दु:ख व्यक्त

प्रधानमन्त्रीपत्नी दहालको निधनप्रति उपाध्यक्ष मशहूद द्वारा दु:ख व्यक्त

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
कपिलवस्तु, अषाढ २७ ।  लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । उपाध्यक्ष मशहूद खां नेपालीले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै , 'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।' प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।...
जनक लामा,अर्चना स्याङ्तान र उमेश श्रेष्ठको “बाध्यता” डिजिटल बजारमा

जनक लामा,अर्चना स्याङ्तान र उमेश श्रेष्ठको “बाध्यता” डिजिटल बजारमा

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी  काठमाडौं,२७ असार। “बाध्यता” बोलको गित डिजिटल बजारमा आएको छ । गायक तथा सर्जक जनक लामा, गायिका अर्चना स्याङ्तान र उमेश श्रेष्ठको सुमधुर स्वरमा बजारमा आएको यस गितमा देबेन्द्र लामिछानेको शब्द छ भने संगीत उमेश श्रेष्ठको रहेको छ । उमेश श्रेष्ठको गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो । शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन आरब प्रोडक्सनमा गरिएको हो । शिशिर बुढाथोकीको निर्देशन रहेको म्यूजिक भिडियोमा सिद्दार्थ जैगडी र रबिना कार्कीले अभिनय गरेका छन् । नरेश ऐरको छायांकन रहेको म्यूजिक भिडियोमा कल्पेश बिश्वोकर्माको सम्पादन रहेको छ । “बाध्यता” गीतको भिडियोलाई उमेश कभर मिडिया नामक युटुबबाट मार्फत गित हेर्न सकिन्छ । हेर्नुहोस् भिडियो : https://youtu.be/DEBU2dK40Iw...
प्रधानमन्त्री प्रचण्ड पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

प्रधानमन्त्री प्रचण्ड पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,२७ असार । आज बुधबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो । अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।...
यस्तो छ आज बुधबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आज बुधबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,२७ असार । नेपाल राष्ट्र बैंकले आज असार २७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्री दर १३२ रुपैयाँ ०९ पैसा पुगेको छ। युरो एकको खरिद दर ११४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ, यस्तै बेलायती पाउण्ड एकको खरिद दर ११६९ रुपैयाँ ७७ पैसा र बिक्री दर १७० रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।...
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान८ बजेर ३३ मिनेटमा सीता दाहालको निधन भएको जानकारी दिए । सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् । दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।...
रेखा थापा बनिन् राप्रपा महिला विभागको उप-प्रमुख

रेखा थापा बनिन् राप्रपा महिला विभागको उप-प्रमुख

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, असार २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नायिका रेखा थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनयन गरेको छ । मंगलबार पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीको विधान बमोजिम नायिका थापालाई महिला विभाग उप(प्रमुख पदमा मनोनित गरेका हुन् । हेर्नुहोस् पत्र:
अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने :- अध्यक्ष पोख्रेल

अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने :- अध्यक्ष पोख्रेल

कृर्षि, ब्यानर समाचार, मुख्य समाचार, समाचार
कपिलवस्तु,असार २६ । कपिलवस्तुको शिवराज साझेदारी वन‌ व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार हरूले शिवराज साझेदारी बन अनुगमन गरेका छन्। शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक वर्ष ०७९/८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । नागरिकहरूलाई वितरण गर्ने उद्देश्यले उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको शिवराज साझेदारी बन व्यवस्थापन समिति अध्यक्ष हरि पोख्रेलले बताउनुभयो । साझेदारीले प्रत्येक वर्ष बिरुवा उत्पादन गरि वृक्षारोपणको लागि सबै नागरिकहरूलाई निशुल्क वितरण गर्ने गरेको पोख्रेलले बताउनुभयो । मङ्गलवार साझेदारी बनका विभिन्न क्षेत्रहरूको अनुगमन गर्दै अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने पोख्रेलले बताउनुभयो । साझेदारीले उत्पादन गरेका बिरुवा मध्ये टिक १ लाख २ हजार,सिमल ६ हजार, खयर ६ हजार ५सय मसला १५ हजार ७ सय बिरुवा रहेको सहायक बन अधिकृत प्रेम शङ्कर गुप्त...
मनाङ हेलिकोप्टर दुर्घटनामा सवार सबै ६ जनाकै मृत्यु

मनाङ हेलिकोप्टर दुर्घटनामा सवार सबै ६ जनाकै मृत्यु

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, असार २६ । मनाङ एयरको एक हेलिकोप्टर दुर्घटनामा परी सवार सबै ६ जनाकै मृत्यु भएको छ । काठमाडौँ फर्किँदै गरेको हेलिकोप्टर दुर्घटनामा पर्दा सवार सबै ६ जनाकै मृत्यु भएको हो । जसमा एक जना पाइलट र बाँकी सबै पाँच जना मेक्सिकोका यात्रु थिए । हेलिकोप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । उनी हेलिकोप्टर पाइलटमध्ये अनुभवी मानिन्थे । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सीमानामा पर्छ । सोलुखुम्बुको सुर्केबाट बिहान ९ः५२ बजे काठमाडौँ उडेको कल साइन ९ए...
ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, असार २६ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार आज मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायव सुब्बा (नासु) योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई काठमाडौँबाट पक्राउ गरेको हो । यो सँगै सरकारी लिखित किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । प्रहरीले पछिल्लो समय ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।...