Monday, May 4
Shadow

Author: Interview Nepal

गोरखामा धन्सार भत्किंदा एक जनाको मृत्यु, ३ जना घाइते

गोरखामा धन्सार भत्किंदा एक जनाको मृत्यु, ३ जना घाइते

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार, स्थानिय तह
गोरखा, असार १९ । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर थिच्दा १ को मृत्यु भएको छ भने घटनामा तीनजना घाइते भएका छन् । गोरखाको गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । उक्त घटनामा मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् । रामकृष्णको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । अन्य दुईजनाको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।...
स्वास्थ्यवर्द्धक खान्की सलाद

स्वास्थ्यवर्द्धक खान्की सलाद

जिवनसैली, समाचार, स्वास्थ्य
काठमाडौं, असार १९ । खानाको पाठ्यक्रममा सलादको छुट्टै महत्व छ । सलाद मन नपराउने कमै होलान् । त्यसैले अधिकांशले दैनिक आहारमा सलाद समावेश गर्छन् । काँक्रो, गाँजर, मुला, प्याजको सानो टुक्रा खानाको साइडमा राख्नु नै सलाद हो । जुन हाम्रो दैनिक जीवनमा अपरिहार्य छ । सलादमा भिटामिन ‘ई’, भिटमिन ‘सी’ र फाइबर पर्याप्त पाइन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्न, रगतमा चिनीको मात्रा कम गर्न, तौल घटाउन सलादको भूमिका रहन्छ । फ्रेन्च मेस्कुलन सलादस्यो सलाद बनाउन कलिलो खालको मिक्स लेटुस दुई सय ग्राम लिएर आइस वाटरमा धोएर सुक्खा क्रन्ची बनाउने । मस्टर्ड मेस्ट आधा चम्चा, रेड वाइन या सेरी भिनेगर दुई चम्चा, दुई ड्रप्स जैतुनको तेल र नुन, मरिच स्वादअनुसार हालेर ड्रेसिङ बनाई पत्तामा मिसाएर सर्भ गर्न सकिन्छ । यो सलाद विश्वभर लोकप्रिय छ । साइड सलाद होस् या अप्पिटाइजर, जसरी नि पस्कन सकिन्छ ।  ...
राजु सापकोटाको सुमधुर स्वर र अभिनयमा “लाख बिन्ती” सार्बजनिक (भिडियो सहित)

राजु सापकोटाको सुमधुर स्वर र अभिनयमा “लाख बिन्ती” सार्बजनिक (भिडियो सहित)

मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,१९ असार । लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि गायक राजु बिरहि सापकोटाको शब्द,संगीतमा “लाख बिन्ती” बोलको गीत बजारमा सार्बजनिक भएको छ । मिलन फिल्म्स प्रोडक्सन युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने गायक सापकोटाको धारणा रहेको छ । उक्त सार्वजनिक भएको गीतमा गायक राजु बिरहि सापकोटा,निशा वाईबा,सुदिप बराईली र हिरा सुनारको सुमधुर स्वरमा सुन्न सकिन्छ र “लाख बिन्ती” बोलको गीतमा एरेन्ज नारायण द्ङ्गालको छ  भने सो गीत म्युजिक प्लस रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई मनोज परियारले मिक्सिङ्ग गरेका हुन् । राजु सापकोटाको निर्दे...
एसीसी यू–१६ इस्ट जोन कपः नेपाललाई तेस्रो पटक उपाधि

एसीसी यू–१६ इस्ट जोन कपः नेपाललाई तेस्रो पटक उपाधि

खेलकुद, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,असार १९ । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू(१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । नेपालले लगातार तेस्रो पटक उपाधि जितेको हो । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराएको हो । यसअघि नेपालले २०१७ / २०१९ मा पनि यू-१६ को उपाधि जितेको थियो । मलेसियाको बायुमास ओभलमा भएको फाइनलमा जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गरलेले १/१ विकेट लिए । यसअघि पनि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २...
सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं,१९ असार । नेपाली बजारमा आज मंगलवार सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुनमा ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कोरोबार भई रहेको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।...
काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक

काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक

ब्यानर समाचार, मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं,१९ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन् । मंगलबार (आज) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाएको जानकारी जानकारी दिएका हुन् । मेयर शाहले प्राचिन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि सवारी प्रवेशमा रोक लगाइएको बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ...
अर्घाखाँचीको पाणिनीमा घरमाथि पहिरो खस्दा ३ को मृत्यु

अर्घाखाँचीको पाणिनीमा घरमाथि पहिरो खस्दा ३ को मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं, असार १९ । अर्घाखाँचीको पाणिनी गापा–१ गोवनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट ३ वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।...
सार्वजनिक हुन थाले तीजका गीत-संगीत

सार्वजनिक हुन थाले तीजका गीत-संगीत

मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,१९ असार । असार १५ संगै तीज लक्षित गीतसंगीतहरु सार्वजनिक हुन थालेका छन् । केहि दिन अगाडि ‘जाउ न माया सरर गाडीमा’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । गीतमा गायक सुकदेव अधिकारी र गायिका समिक्ष्या अधिकारीले स्वर दिएका छन् । गीतको शब्द बिमल अधिकारीले लेखेका हुन् । गायक तिलक ओलीको संगीत रहेको गीतमा कमल सौरगको संगीत संयोजन सुन्न सकिन्छ । प्रकाश भट्ट निर्देशित कोरियोग्राफर यस गीतको भिडियोमा बिमल अधिकारी,अन्जली अधिकारी,लक्ष्मी गिरी र बबिना सिंहले अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । त्यस्तै, बिरेन्द्र ढकालको शब्द संगीतमा ‘मेरी मायालाई,तिजको कोशेली’ बोलको तीज गीत सार्वजनिक गरेका छन् । चर्चित संगीतकार महेन्द्र भण्डारीको एरेन्ज रहेको गीतमा गायक खेम सेन्चुरी र गायिका अस्मिता अधिकारीलेले स्वर दिएका हुन् । मदन खड्क...
राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयहरू कमजोर बन्यो: महामन्त्री थापा

राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयहरू कमजोर बन्यो: महामन्त्री थापा

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ,असार १८ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालयलाई उच्च प्राथमिकतामा राखेर संघीय शिक्षा ऐन तत्काल पारित गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । उनले राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयहरू पनि कमजोर बनेको उल्लेख गरे । आज काठमाडौँमा भएको स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शतवार्षिक कार्यक्रममालाई सम्बोधन गर्दै उनले शिक्षालाई व्यवस्थित गर्ने र शिक्षा ऐनको प्रारम्भ समेत नहुँदा विश्वविद्यालयहरू थला पर्दै गएको बताए । महामन्त्री थापाले राजनीतिक दलकै कारण विश्वविद्यालय धराशायी बन्दै गएको समेत आरोप लगाए । उनले मुलुकमा संघीय व्यवस्था भए पनि शिक्षा प्राथमिकतामा पर्न नसकेको बताए । उनले विगत १०–१२ वर्षदेखि शैक्षिक अवस्था ओरालो लागेको दाबी गरे । महामन्त्री थापाले विद्यालयहरूमा आएको सङ्कटलाई सरकारले बुझ्न नसकेको भन्दै विद्यालय शिक्षामा बजेट कम छुट्याएको प्रति असन...
गायिका प्रतिमा अर्याल र बद्री सिटौलाको “रानी फूल”

गायिका प्रतिमा अर्याल र बद्री सिटौलाको “रानी फूल”

मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी  काठमाडौं,१८ असार ।  गायिका प्रतिमा अर्याल र गायक बद्री प्रसाद सिटौलाको सुमधुर स्वरमा “रानी फूल” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बद्री लोक माला युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतको लय र शब्द गायक सिटौलाको हो भने सुफिक्स मदनले संगीत संयोजन गरेका छन् । सार्वजनिक भएको गीतको रेकर्ड आर बि जी रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई गोबिन्द सोनीले मिक्सिङ्ग गरेका हुन् । उमेश कर्कीको निर्देशन रहेको “रानी फूल” म्यूजिक भिडियोमा निरुता खनाल,आर एन बिरहि,सपना अधिकारी,सुस्मिता के सि र सुनिता पराजुली लगायत अन्यको अभिनय देख्न सकीन्छ । मरुभुमी नारायणको छायांकन रहेको म्यूजिक भिडियोलाई रोशन धितालले सम्पादन गरेका हो भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन आर.बि  इन्टरटेनमेन्टमा गरिएको हो । भिडियो हेर्न तल क्लिक गर्नु होला: https://youtu.be/SOeLw6gN...