Thursday, May 2
Shadow

काभ्रेपलाञ्चोकबाट सुरु भएको राष्ट्रिय कोटिहोम रथयात्रा नुवाकोटमा


  • -इ
  • इ+

नुवाकोट,२९ असार। काभ्रेपलाञ्चोकबाट सुरु गरिएको राष्ट्रिय कोटिहोम रथयात्रा हिजो साँझ बिहिबार नुवाकोट आईपुगेको छ । प्रत्यक्ष प्रसारणसहित नुवाकोटका प्रमुख स्थानमा रथयात्रा गरिएको हो। नुवाकोटको विदुर नगरपालिकाको सदरमुकाम विदुर, त्रिशुली, कोलेनी, बट्टार, जालापदेवी मन्दिर देवीघाटलगायत स्थानमा रथयात्रा परिक्रमा गरिएको थियो ।

ॐकार फाउन्डेसनले राष्ट्रिय धार्मिक सांस्कृतिक महिमा र गरिमालाई संसारभरि फैलाउने उद्देश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका–११ स्थित बल्थलीमा राष्ट्रिय कोटिहोम आयोजना गर्न रथयात्रा सुरु गरिएको जनाएको छ ।

ॐकारका संस्थापक अरुण पाण्डेका अनुसार राष्ट्रिय धार्मिक साँस्कृतिक महिमा र गरिमालाई संसारभरी फैलाउने उदेश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका वडा नं ११ बल्थलीमा कोटिहोम आयोजना गर्ने उदेश्यले रथयात्रा हुन लागेको हो ।

रथलाई काभ्रेपलाञ्चोक जिल्लाका सबै मुख्यधार्मिकस्थल र ७७ जिल्लाका सदरमुकाममा लिएर जाने उदेश्यले रहेको आयोजक संस्थाका मुकुन्द पौडेलले जानकारी दिए । अतिवृष्टि, अनावृष्टि, वातावरण प्रदूषण, भूकम्प, कोरोना महामारीजस्ता व्याधी प्रकोप, अनिकाल, भोकमरीलगायतबाट जोगाउन होम गरिएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares