काठमाडौं,२९ असार। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ ।
साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तो छ कार्यसूची :