Saturday, January 25
Shadow

प्रधानमन्त्रीपत्नी दहालको निधनप्रति उपाध्यक्ष मशहूद द्वारा दु:ख व्यक्त


  • -इ
  • इ+

कपिलवस्तु, अषाढ २७ ।  लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

उपाध्यक्ष मशहूद खां नेपालीले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै , ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’

प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares