Monday, December 9
Shadow

प्रधानमन्त्री दाहाल ३ दिन कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने


  • -इ
  • इ+

काठमाडौं,२८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम ३ दिन स्थगित गरिएको छ ।

हिजो बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री दाहाल प्रचण्ड असार ३० गतेसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

उनले समवेदना प्रकट गर्न आउनेहरुसँग प्रधानमन्त्रीले यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट गर्ने बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares