महेन्द्र अधिकारी
काठमाडौं,२८ असार। गायक,सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालको शब्दमा “क्यानम” डिजिटल बजारमा सार्वजनिक भएको छ । नेपाल स्वयमको शब्द सृजना सागर भण्डारीको मन लोभ्याउने संगीतमा सजिएको सोहि गीत कृष्ण लामिछानेको एरेन्ज मिक्सिङ्ग गरेका हुन् । उक्त गीत अमृत आचार्य (माइला गुरु) को प्रस्तुतिमा रहेको छ भने गितमा महेश नेपाल ,माइला गुरु दिपिका पराजुलीको सुमधुर स्वर रहेको छ ।
उमेश कार्की (युके)को निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा दीपेन्द्र देउवा,अस्मिता आचार्य ,बिनिता दाहाल ,संगम खत्री लगायतको दमदार अभिनय देख्न सकीन्छ । मरुभुमी नारायणको छायांकन,रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो ।
मौलिक र यथार्थ शब्द समाबेश भएको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै म्युजिक भिडियोका गायक नेपाल जनाएका छन् । उक्त गीत Amrit Acharya को आफ्नो अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।
भिडियो हेर्नको लागि तल क्लिक गर्नु होस् :