हुम्ला,२८ असार । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेटमा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको र भूकम्पबाट कुनै क्षति भएको खबर प्राप्त नभएको जनाएको छ ।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।