Sunday, August 9
Shadow

Author: Interview Nepal

मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ :  प्रवक्ता ज्ञवाली

मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : प्रवक्ता ज्ञवाली

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ९ । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन चाँडै हुने बताएका छन् । उनले यसका लागि सरकार तयारीमा रहेको जानकारी दिए । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक सकिएपछि पत्रकारहरुसँग कुरा ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन् । आजको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मेवारी खोस्ने निर्णय गरेको समेत उनले बताए ।साथै बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको गरेको छ । बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा...
आगो ताप्ने क्रममा जलेर मृत्यु

आगो ताप्ने क्रममा जलेर मृत्यु

दुर्घटना, समाचार, समाज
काठमाण्डौँ, पुष ९ कञ्चनपुर पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुगेका थिए । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।...
राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्दै

राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्दै

मनोरञ्जन, मुख्य समाचार, साहित्य/कला
काठमाण्डौँ, पुष ९ शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गने भएका छन् । शुक्रबार दिउँसो १ बजे बालाजु स्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन् । राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लागेका हुन् । दिउँसो एक बजेदेखि शुरु हुने कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने राज्यमन्त्री मानन्धरले बताए । उनले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लागेका हुन् । उनले करिब ४ घण्टासम्म गीत गाउने छन् । लाइभ कन्सर्टमा पुराना कलाकारहरुका नेवारी गीत गाउने राज्यमन्त्री मानन्धरले बताए । विश्व रेकर्ड कायम गराउनका लागि वल्र्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ । यो विधामा आयोजना गरिएको कार्यक्रम वि...
तिरस्कारको गोलीबाट खत प्राप्त गरेको छ,जिन्दगीमा खुसीले अपगत प्राप्त गरेको छ:मुक्तक

तिरस्कारको गोलीबाट खत प्राप्त गरेको छ,जिन्दगीमा खुसीले अपगत प्राप्त गरेको छ:मुक्तक

मनोरञ्जन, साहित्य/कला
काठमाण्डौँ, पुष ९ मुक्तक # बलेकै ताप्ने यो ठाउँमा के गुनासो गर्नु कोट्याए दुख्छ घाउमा के गुनासो गर्नु आफ्नै भाइ दशैँमा टीका थाप्न आएन दाइकै झुपडी गाउँमा के गुनासो गर्नु   # तिरस्कारको गोलीबाट खत प्राप्त गरेको छ जिन्दगीमा खुसीले अपगत प्राप्त गरेको छ मेरो दिललाई पनि सहिद घोषणा गरियोस् प्रेमयुद्धमा यसले सहादत प्राप्त गरेको छ   # यता काँडा बिझ्दा उता चाहिँ ऊ नाचिरहेछ म भारत दिल्ली ऊ पाकिस्तान कराँची रहेछ व्याकरणले विपरीतार्थक शब्द हो भनेपनि मेरो पीडा दुस्मनको खुशीु पर्यायवाची रहेछ   # नछोपीकन हिँड्दा झन् थिएन भर गलामा पनि अपराधीहरूले लाउँथे गिद्दे नजर गलामा पनि बरु छोटो लाएको भए बलात्कार मात्र गर्थे होला लामो भइदिनाले कस्दिए मफलर, गलामा पनि   # सेवा गरेजस्तै गरी गालामा झापड हान्नेहरू छन् कसैको भर नपर्नुस् आमा झापड हान्नेहरू छन्...
पछिल्लो २४ घण्टामा ६१३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ६१३ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ९ पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय १० जनाको पिसिआर परीक्षण गर्दा ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९६ हजार २ सय ५० पुगेको छ। बिहीबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७३९ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको मन्त्रालयले जनाएको छ।...
संसद् विघटनविरुद्ध कांग्रेसले गर्‍यो पुस १३ गते देशभर आन्दोलनको घोषणा

संसद् विघटनविरुद्ध कांग्रेसले गर्‍यो पुस १३ गते देशभर आन्दोलनको घोषणा

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष ९ प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आन्दोलन घोषणा गरेको छ । पहिलो चरणमा सांकेतिक विरोधको तयारी गरेको कांग्रेसले यही पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गर्न लागेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आन्दोलन आगामी १३ गते देशभरका संघीय निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछ । उनले भनेका छन्, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोधमा पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।’’ कांग्रेसले बुधबारको केन्द्रीय समिति बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आगामी १६ गते देश भर विरोध प्रर्दशन गर्ने निर्णय सार्वजनिक गरेका थिए । त्यसलगत्तै केन्द्रीय समितिमै नेताहरुबीच राष्...
नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश

नेकपा परित्याग गरि ५१ जना नेपाली कांग्रेसमा प्रवेश

राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका छन् । नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो । पार्टी प्रवेश गर्नेहरुको नाम यसप्रकार छः १. रोशन बुडाथोकी २.कृष्णहरि खड्का ३.अमित कार्की ४. हेम ब कार्की५.तुला ब कार्की ६.अनिल थापामगर ७.कृष्ण श्रेष्ठ ८. मोहन कु. भण्डारी ९. राजन भण्डारी १०. रुपेश भण्डारी ११.पदम ब मोक्तान १२. पाशङ लामा १२. मोति घिसिङ १३. शन्देश लामा १४. गोपि खत्...
प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आन्दोलन तयारी, प्रवक्ता श्रेष्ठको संयोजक्तवमा कमिटी गठन

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आन्दोलन तयारी, प्रवक्ता श्रेष्ठको संयोजक्तवमा कमिटी गठन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने तयारी गरेको छ। केन्द्रीय कमिटीको बैठकमा पुस १४ गतेदेखि देशभर प्रदर्शन गर्ने सहितका संघर्षका कार्यक्रम प्रस्तुत गरिएको छ। बैठकले निर्णय गरेसँगै नेकपाको यो समूह शुक्रवारदेखि नै आन्दोलनका लागि सडकमा उत्रिने छ। गएको ७ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीबाट नेता भीम रावलले पेश गरेको संघर्षको कार्यक्रम पारित गर्दै केन्द्रीय कमिटीमा पेश भएको हो। २ हजार ५ सय १ जनाको आन्दोलन परिचालन कमिटी समेत गठन गर्ने निर्णय भएको छ। बैठकले संघर्षका कार्यक्रम अन्तर्गत भोलि शुक्रवार १० गते साढे ९ बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने, निर्वाचन आयोगमा दलको आधिकारिकताका घेराउ गर्न जाने रणनीति बनाएको छ। त्यस्तै, भोलि २ बजे पत्रकार सम्मेलन गर्ने,...
कपडा तथा सिलाई व्यवसायीको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा अध्यक्ष रामकृष्ण श्रेष्ठ

कपडा तथा सिलाई व्यवसायीको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा अध्यक्ष रामकृष्ण श्रेष्ठ

आर्थिक, समाचार
काठमाण्डौँ, पुष ९ नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ यति बेला देशव्यापी अभियानमा रहेका छन् । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस अर्थात कोभिड १९ र त्यसले सिर्जना गरेको लकडाउनका कारण देशभरका अन्य व्यवसाय जस्तै कपडा तथा सिलाई व्यवसाय पनि त्यसको प्रत्यक्ष मारका पर्यो । सोहि कारणले पिडामा रहेका व्यवसायीहरुको अबस्थाबारे बुझ्न देशव्यापी अभियानमा रहेका छन् अध्यक्ष श्रेष्ठ । देशभरको ७० जिल्लामा गठित नेपाल कपडा तथा सिलाई व्यवसायी संघ र त्यसमा आवद्ध रहेका व्यवसायीहरु पछिल्लो समय के कस्ता समस्याहरुमा रहेका छन्, व्यवसायलाई के कसरी संचालन गर्दै छन् र वर्तवान परिस्थीतिमा उत्पन्न भएको समस्यालाई कसरी समाधान गर्न सकिन्छ, लगाएतका विषयमा व्यवसायीहरु संगको छलफल तथा भोटघाटलाई जोड दिएर आफु देशव्यापी अभियानमा रहेको अध्यक्ष श्रेष्ठले बताए । देशभरका व्यवसायी...
राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्याप्छ्याप्ती

राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्याप्छ्याप्ती

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, मनोरञ्जन
  काठमाडौं , पुस ९ राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्याप्छ्याप्ती भएपछि अहिले थाइल्याण्डमा हंगामा भएको छ । आफ्नी गर्लफ्रेण्डका फोटो लिक भएपछि राजा महा बाजीरालंकर्ण तनावमा परेका छन् । राजाकी गर्लफ्रेण्ड सिनिनित वोंगवाजीरापकडीका दुश्मनहरुले उनका यति धेरै नग्न फोटोहरु त्यहाँका राजतन्त्रविरोधी अभियन्ताहरुलाई पठाएको द टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ । रिपोर्टका अनुसार पठाइएका फोटोहरुमध्ये ठूलो संख्यामा फोटोहरु नग्न छन् । रिपोर्टअनुसार सिनिनितका नग्न फोटोहरु थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका अभियन्ताहरुलाई पठाइएको छ । यी फोटोहरु २०१२ देखि २०१४ को बीचमा खिचिएको बताइएको छ । स्वयं सिनिनितले नै ती तस्वीर खिचेको अनुमान गरिएको छ । थाइल्याण्डको राजशाहीको आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि यी तस्वीरहरु पठाइएको छ । ...