Saturday, April 27
Shadow

मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : प्रवक्ता ज्ञवाली


  • -इ
  • इ+

काठमाडौं, पुस ९ । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन चाँडै हुने बताएका छन् । उनले यसका लागि सरकार तयारीमा रहेको जानकारी दिए ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक सकिएपछि पत्रकारहरुसँग कुरा ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन् ।

आजको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मेवारी खोस्ने निर्णय गरेको समेत उनले बताए ।साथै बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको गरेको छ ।

बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको हो ।

यसैगरी बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी भने टोपबहादुर रायमाझीलाई दिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares