Sunday, August 9
Shadow

Author: Interview Nepal

लोकतन्त्रमाथि खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख  ?  : बाबुराम भट्टराई

लोकतन्त्रमाथि खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख ? : बाबुराम भट्टराई

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ११ । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरेर पूर्वराजा ज्ञानेन्द्रकै शैली पछ्याएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले प्रश्न गरेकाछन्- ओली आफैं असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने कहाँको विधि र परम्परा हो ? ओलीले यस्तो कदम सत्ता अकंटक चलाउने ध्येयले गरेको उनको भनाइ छ । उनले अगाडि लेखेका छन्, ‘ज्ञानेन्द्रले गरेको यै हैन ररु संविधानरलोकतन्त्रमाथि यस्तो खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख ? ’...
नेकपामा विभाजनको असर प्रदेशमा  पनि देखिन थाल्यो, जता कांग्रेस , त्यतै प्रदेश

नेकपामा विभाजनको असर प्रदेशमा पनि देखिन थाल्यो, जता कांग्रेस , त्यतै प्रदेश

मुख्य समाचार, राजनिती
  काठमाडौं, पुस ११ संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ।नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ।कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ। प्रदेश १ मा अहिलेको समीकरणअनुसार दाहाल–नेपाल पक्ष एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ। त्यो अवस्थामा सरकार परिवर्तन हुनेछ। बागमती प्रदेशमा त अविश्वासको प्रस्ताव नै दर्ता भएको छ। यहाँ कांग्रेसको साथ जसलाई हुन्छ उसले नै सरकार बनाउनेछ। गण्डकी र लुम्बिनीमा ओली पक्ष, कर्णाली र सुदूरपश्चिममा दाहाल–नेपाल पक्ष बलियो देखिए पनि अन्य राजनीतिक दलको साथबिना सरकार टिकाउन र नयाँ बनाउन गाह्रो देखिन्छ। प्रदेश २ मा भने नेकपा प्रतिपक्षमा रहेका कारण त्यहाँ सरकार फेरबदल हुने देखिएको छैन। बागमतीमा मुख्यमन्त्रीविरुद्ध ...
काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम,   १.३ डिग्रीमा झर्‍यो

काठमाडौंमा शनिबारको तापक्रम यो वर्षकै कम, १.३ डिग्रीमा झर्‍यो

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस ११ । काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै निकै कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको छ । यसअघि पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री थियो । मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुँदै बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शाक्यले जानकारी दिइन् । यस्तै राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर बाँकी भू(भागमा मौसम आंशिक बदली रहनेछ । ​...
कोरोना प्रकोपः विश्वभर ८ करोड जनामा संक्रमण, ५ करोड ६४ लाख निको भए

कोरोना प्रकोपः विश्वभर ८ करोड जनामा संक्रमण, ५ करोड ६४ लाख निको भए

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, पुस ११ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ८ करोड १ लाख ९४ हजार नाघेको छ । चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुकमा पुगेको छ । यस अवधिमा विश्वभर १७ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । बितेको २४ घण्टामा ८ हजार ३७४ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९४७ पुगेको छ । यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ६० हजार २३० पुगेको हो । हाल विश्वमा २ करोड १९ लाख ७६ हजार ८५६ ...
मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा आज पनि हुस्सु

मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा आज पनि हुस्सु

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, पुस ११ । मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसममा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । आजै राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । चिसो रहिरहने भएकाले तराई र पहाडी भू(भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।...
आगामी सातादेखि हङकङ नियमित उड्दै नेपाल एयरलाइन्स

आगामी सातादेखि हङकङ नियमित उड्दै नेपाल एयरलाइन्स

मुख्य समाचार, समाचार
काठमाडौं , पुस १० । आगामी सोमबारदेखि नेपाल एयरलाइन्सको काठमाडौं-हङकङ-काठमाडौं नियमित उडान हुने भएको छ । गत सोमबार उडेका यात्रुमध्ये एकजनाको मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएपछि निगमले हङकङ नियमित उडान गर्न पाएको हो । निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले हङकङ उडानका लागि ४८ घण्टाको पीसीआर रिपोर्टलाई मान्यता दिएका थिए । ४८ घण्टाभित्रको रिपोर्ट भएका यात्रुलाई मात्रै उडाउने व्यवस्था गरेपछि निगमलाई हङकङ नियमित उडान गर्न राहत पुगेको हो । यसअघि ७२ घण्टाभित्रको पीसीआर रिपोर्टका आधारमा हङकङ उडान गरेका पाँचभन्दा बढी यात्रुमा कोरोना पोजेटिभ देखिएपछि पटक(पटक गरी चारपटक निगम हङकङको कारबाहीमा पर्दै आएको थियो । गत सोमबार हङकङ उडेका यात्रुमध्ये एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएपछि आगामी साता पनि निमगले उडान गर्न पाउने भएको हो । हङकङले एउटै उडान वा पटक-पटकको उडान गरी पाँच यात्रुमा कोरोना पोजेटिभ...
भारतीय गृहमन्त्री शनिबार नेपाल आउँदै , अचानक किन आउँदै छन् ?

भारतीय गृहमन्त्री शनिबार नेपाल आउँदै , अचानक किन आउँदै छन् ?

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १० । नेपालमा नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ । यसरी पार्टी विभाजित भएपछि नेपालको राजनीतिमा नै उथलपुथल आएको छ । यहि समयमा भारतीय जनता पार्टीका अध्यक्ष तथा त्यहाँका गृहमन्त्री अमित शाह नेपाल आउने भएका छन् । सत्तारुढ नेकपाको विवादले विभाजनको रुप लिइसकेपछि शाह शनिबार नेपाल आउन लागेका हुन् । उनी शनिबार एअर इण्डियाको उडानबाट दिउँसो काठमाण्डौ ओर्लने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ । भारतको सत्तारुढ पार्टीका अध्यक्ष शाहले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्त्वपूर्ण मन्त्रीहरूसँग भेटवार्ता गर्नेछन् भने उनले आइतबार पशुपतिाथको दर्शन गर्ने कार्यक्रम रहेको बताएको छ । नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको निम्तो हस्तान्तरण गर्ने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ । उता, लामो समयदेखि शाहका स...
थाहापाउनु होस् : यस्तो काम गर्छ किबोर्डमा भएका १२ वटा बटनले

थाहापाउनु होस् : यस्तो काम गर्छ किबोर्डमा भएका १२ वटा बटनले

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं । तपाईको किबोर्डमा भएका कि का बारेमा बारेमा तपाईलाई केकति जानकारी छ ?  नियमित रुपमा ल्यापटप तथा डेक्सटपमा तपाईले आफनो काम गरिरहनु भएकै छ । तर, तपाईले प्रयोग गर्ने किबोर्डमा रहेका बटनले के काम गर्छ ?  तिनीहरुको प्रयोग के कसरी गर्न सकन्छि भन्ने बारेमा तपाईले कत्तिको विचार गर्नुभएको छ रु वा जानकारी लिने प्रयास नै गर्नुभएको छैन ? यदि छैन भने आज हामी तपाईलाई ती बटनको बारेमा जानकारी दिने प्रयास गर्छौ । कि बोर्डको माथि शिरानामा रहेका एफ १ देखि एफ १२ सम्मका बटनको फरक फरक काम गर्छन् । ती सबै बटनको आ आफै काम हुन्छन् र तिनले हामीलाई सहज रुपमा आफनो दैनिक काम गर्नमद्दत गरिरहेका हुन्छन् । एक फूल साइज किबोर्डमा १०१ देखि लिएर १०५ वटासम्म कि रहेका हुन्छन् । तर, ल्यापटपमा भने केही कम मात्रामा कि रहन्छन् । किबोर्ड जति नै छोटो भएपनि त्यसमा उत्तिकै मात्रामा महत्वपूर्ण अल्फाबेटका साथ आवश्यक क...
काठमाडौँबाट विप्लवका तीनजना कार्यकर्ता पक्राउ

काठमाडौँबाट विप्लवका तीनजना कार्यकर्ता पक्राउ

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १० । काठमाडौँ उपत्यकाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता शुक्रबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–४ का ४३ वर्षीय पुर्णबहादुर श्रेष्ठ, ओखलढुंगाको चम्पादेवी–१० का ४१ वर्षीय नारनबहादुर तोलाङगी र दोलखाको भिमेश्वर–६ का ३५ वर्षीय सरोजप्रसाद न्यौपाने छन्। चन्दा असुलीको आरोपमा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।...
यी हुन् नवनियुक्त तथा नयाँ जिम्मेवारी पाएका मन्त्री (सूचीसहित)

यी हुन् नवनियुक्त तथा नयाँ जिम्मेवारी पाएका मन्त्री (सूचीसहित)

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।संसद विघटनपछि प्रचण्ड(नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रबार ओलीले नयाँ मन्त्री नियुक्ति गर्नुका साथै केही पुराना मन्त्रीहरु हेरफेर गरेका छन् । एकीकरण नसकिँदै नेकपा विभाजित भएपछि राजीनामा दिएका प्रचण्ड–नेपाल समूहका मन्त्रीको ठाउँमा ओलीले नयाँलाई अवसर दिएका हुन्।एकीकरण नसकिँदै नेकपा विभाजित भएपछि राजीनामा दिएका प्रचण्ड–नेपाल समूहका मन्त्रीको ठाउँमा ओलीले नयाँलाई अवसर दिएका हुन्। नयाँ मन्त्रीहरुको सूची १.टोपबहादुर रायमाझी (ऊर्जा) २. प्रभु साह (शहरी विकास) ३. मणि थापा (खानेपानी तथा सरसफाई) ४.प्रेम आले (वन तथा वातावरण) ५.गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला) ६.जुली महतो (महिला तथा ज्येष्ठ नागरिक) ७.गौरीशंकर चौधरी (श्रम तथा रोजगार) ८. द...