Saturday, April 27
Shadow

पछिल्लो २४ घण्टामा ५०० संक्रमित थपिए


  • -इ
  • इ+

काठमाडौँ, पुष ११
पछिल्लो २४ घण्टामा नेपालमा ५ सय जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५ हजार ४३४ जनाको पिसिआर परीक्षण गर्दा ५ सय जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५ हजार ८२६ पुगेको छ।

शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ८४० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको मन्त्रालयले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares