Friday, March 29
Shadow

संचारकर्मी गौतम र साबित्री श्रेष्ठको “बिर्से पापिलाई” सार्वजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी/ललितपुर,पुष ११  
नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र निकै आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ । दुख पिडा सम्बन्धि रहेको लोक दोहोरी गित अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको गायिका सुमित्रा सत्यालले बताउनु भयो ।

“बिर्से पापिलाई” गितले निकै चर्चा पाउनेमा गायिका विश्वस्थ हुनुहुन्छ । गितमा स्वर गायक राजु बिरही सापकोटा र गायिका सुमित्रा सत्याल को रहेको छ । गायिका सुमित्रा काभ्रे जिल्लाको कोशिपारी चौरी देउरालीमा जन्मनुभएको हो । घर त नुवाकोट, सुपारी गोजिमा, र्दुइ मुटु जोडेर जस्ता निकै आश लाग्दो गित बजारमा र्सावजनिक गर्न सफल गायिका सत्यालको “बिर्से पापिलाई” लोक दोहोरी गितको मिलन फिल्मस् बाट बजारमा आएको छ ।

गितका अर्का गायक राजु बिरहि सापकोटा पनि गायक मात्र नभइ मोडल र भिडियो निर्देशक पनि हुन् । उनले निकालेका धेरै गित र्दशक श्रोताको रोजाइमा परेका छन् । यस गितमा लय तथा शब्द पनि उहि गायिका सत्यालको रहेको छ । गितको छाँयाकन कीर्तिपुरको बिभिन्न रमणिय स्थानमा मरुभुमी नारायणले गरेका हुन यसैगरी मेकप भने राकेश रनपाको रहेको छ भने गितमा ऐरेन्ज संजय श्रीपालले गरेका छन् । गितमा अभिनय भने संचारकर्मी अरबिन्द्र गौतम र साबित्री श्रेष्ठले गरेका छन् ।

गौतमले यो भन्दा पहिला “बाध्य भए पराईको हुनलाई” बोलको गितमा अभिनय गरिसकेका थिए । आफुले यँहि क्षेत्रमा कलम चलाउने भएको कारणले र आफुलाई रहर भएको कारणले गितमा अभिनय गरेको गौतमले जानकारी दिए । साबित्री क्षेष्ठ पनि पछिल्लो समय आफ्नो छुटै पहिचान बनाउन सफल मोडल हुन । “बिर्से पापिलाई” बोलको गितलाई रोशन धिताल ले सम्पादन गरेका छन् ।

बिगतका सिर्जनाले जस्तै यो सिर्जनाले पनि दर्शक श्रोताको मन जित्न सफल होस् हाम्रो ईन्टरभ्यु नेपाल डटकम को तर्फ देखि धेरै धेरै शुभकामना ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares