Thursday, August 6
Shadow

Author: Interview Nepal

राज्यमन्त्री मानन्धरले बनाए गीत गायर गायनमा विश्व कीर्तिमान

राज्यमन्त्री मानन्धरले बनाए गीत गायर गायनमा विश्व कीर्तिमान

मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस १० । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाएका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन् । यस अघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको कीर्तिमान बनेको थिएन । कीर्तिमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाएका थिए । बालाजुस्थित आफ्नै लगानीको अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाएका थिए । राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीत गाएका थिए । उनले नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, ता...
दुईजना मन्त्री हटाइए, ८ नयाँ मन्त्री नियुक्त

दुईजना मन्त्री हटाइए, ८ नयाँ मन्त्री नियुक्त

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं , पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्री हटाएका छन् । खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्रीको शपथ ग्रहण गराएका छन् । नयाँ जिम्मेवारीअनुसार ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, खानेपानी मन्त्रीमा मणि थापा, शिक्षामा कृष्ण गोपाल श्रेष्ठ, कृषिमा पद्मा अर्याल, भूमि व्यवस्थामा शिवमाया तुम्बाहाङ्फे, कानुनमन्त्री लीला श्रेष्ठ, सहरी विकास मन्त्रीमा प्रभु साह, वन मन्त्रालयमा प्रेम आले, कानुनमन्त्रीमा गणेश ठगुन्ना, पर्यटनमा भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रीमा हृदयश त्रिपाठी रहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनु...
मकवानपुरमा जिप दुर्घटना हुँदा नौजना घाइते, सातको अवस्था चिन्ताजनक

मकवानपुरमा जिप दुर्घटना हुँदा नौजना घाइते, सातको अवस्था चिन्ताजनक

मुख्य समाचार, समाचार
काठमाडौं, पुस १० । हेटौँडा–नारायणगढ सडकखन्डअन्तर्गत् पर्ने नेवारपानीबाट मकवानपुरकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१, ठूलो भावरतर्फ जाँदै गर्दा ग१ज ७२८९ नम्बरको जिप शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये दुईजना सामान्य र सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । प्रहरीले बोलेरो जीपका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...
कांग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १० । नेपाली कांग्रेसले १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसमा प्रत्येक जिल्लामा कार्यक्रम गर्ने तयारी गरेको छ ।यसका लागि जारी केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको छ । १३ पुसका लागि घोषणा गरिएको देशव्यापी प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको तयारीका लागि सभापति शेरबहादुर देउवाले बैठक स्थगनको प्रस्ताव गरेपछि १९ गतेसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधसभा विघटनविरुद्ध कांग्रेसले आगामी १३ गते देशव्यापी गर्ने प्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।...
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आजै राष्ट्रपतिबाट शपथ लिने

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आजै राष्ट्रपतिबाट शपथ लिने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सातजना मन्त्री थप गरेका हुन्। थपिएका मन्त्रीहरूमा प्रभु साह श्रम तथा रोजगार, मणि थापा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, टोपबहादुर रायमाझी ऊर्जा, दावा लामा शिक्षा, गौरीशंकर चौधरी खानेपानी, गणेश ठगुन्ना कृषि लगायत रहेका छन्। नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने स्रोतले बताएको छ। उनीहरू शपथ ग्रहणका लागि अहिले शितलनिवास पुग्ने क्रममा रहेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का असन्तुष्ट समूह पुष्पकमल दाहाल(माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेको मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले आज नयाँ मन्त्री नियुक्त गरेका हुन्...
थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि , ९ जनाको मृत्यु

थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि , ९ जनाको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।पछिल्लो २४ घण्टामा थप ८९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४८ हजार २९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।...
सभा विघटन गर्नुको कारणबारे सर्वोच्चले सरकारसँग माग्यो  लिखित जवाफ

सभा विघटन गर्नुको कारणबारे सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, पुष १० आज सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधि सभा विघटन गर्नुको कारणबारे लिखित जवाफ मागेको छ । सर्वोच्च अदालतमा शुक्रबार भएको संवैधानिक इजलासपछि सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयसँग संसद् विघटन गर्नुपर्ने कारण माग गरेको हो । यस्तै सर्वोच्चले मन्त्रिपरिषद्ले संसद् विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले गरेको स्वीकृतिको सक्कलप्रति मगाउन र संसद्बाट पनि सबै दलको प्रतिनिधित्वको कपी माग गर्न आदेश दिएको छ । आज संवैधानिक इजलासमा अधिवक्ता सन्तोष भण्डारी, अधिवक्ता रुद्र शर्मा, अधिवक्ता बद्री झा, अधिवक्ता सरोज घिमिरे अधिवक्ता कुलबहादुर बोगटी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको...
बेल्कोटगढी नगरपालिका : पर्यटकिय सम्भावना र ऐतिहासिक महत्व

बेल्कोटगढी नगरपालिका : पर्यटकिय सम्भावना र ऐतिहासिक महत्व

समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष १० बेल्कोटगढी नगरपालिका प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ । यहाका मानिसका मुख्य पेसा भनेको कृषि हो । यस क्षेत्रमा गहुं, मकै, धान,जौ, फापर, तथा अन्य धैरै खाद्यान्न बाली तथा नगदे बालीको रुपमा आलु, गोलभेडा, सिमी, जस्ता थुप्रै बालीहरु लगाइन्छ । प्राकृतिक हिसाबले सम्पन्न भएपनि यस क्षेत्रमा उचित सेवा सुविधाका कारणले किसानहरुले आफुले सोचेजस्तो लाभ लिन सकेका छैनन् । दुइपिपल, रातमाटे,कुमरी, जिलिङ, बेल्कोट,मदानपुर यस नगरपालिकाको मुख्य कृषि क्षेत्रमा पर्दछ । धेरै क्षेत्रफल ओगटेको यस नगरमा बिभिन्न क्षेत्रमा बिभिन्न प्रकारका खाद्य बाली तथा नगदे बाली उत्पादन हुन्छ । नगरपालिकाको कुल क्षेत्रफल १५५.६ बर्ग किलोमिटर रहेको छ, भने कुल जनसंख्या ३ लाख ९ हजार ८ सय ८८ रहेको छ । १३ वटा वडामा बिभाजन गरिएको यस नगरको पूर्बमा ककनी गाउपालिका छ भने पश्चिममा धादिङ जिल्ला रहेको छ। चिम्टेश्वर ...
प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक आज बस्दै

प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक आज बस्दै

ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, पुष १० मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन। बैठक बेलुका ६ बजे बस्ने छ । मन्त्रिपरिषद् बैठकमा प्रतिनिधि सभा भङ्ग भएपछिको राजनीतिक घटनाक्रमबारे छलफल हुने अनुमान छ । यस्तै शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । प्रतिनिधि सभा भङ्ग भएपछि असन्तुष्ट जनाउँदै सात जना मन्त्रीले राजीनामा दिएका थिए ।...
गायक प्रताप दास र सिला राईको स्वरमा ‘चन्चले चन्चल’ नयाँ म्युजिक भिडियो सार्वजनिक

गायक प्रताप दास र सिला राईको स्वरमा ‘चन्चले चन्चल’ नयाँ म्युजिक भिडियो सार्वजनिक

भिडियाे, मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,पुष १० गायक प्रताप दास र सिला राईको स्वरमा ‘चन्चले चन्चल’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सो यो गितमा बिनीता भण्डारी को शब्द रहेको छ भने संगीत अनिल शाही ले दिएका छन् । गीतको भिडियोमा अर्यान मोक र सिम्रन तामाङ को रहेको छ । भेष गुरुङ ले निर्देशन गरेका छन् । यश भिडियो इराकको कुर्दिस्तान सुलेमानी र अन्य ठाउमा छाँयाकन भएको छ । बिकत लामो समय देखि इराक सुलेमानी भन्नी ठाउमा केही अफ्नो व्यावसाय गर्दै आएको आर्यन मोक अब म्युजिक भिडियो मा देख्न पाउदा नेपाली दाजुभाइ दिदिबहिनी तथा आमा बुबा हरु निकै खुसी को साथ यक सन्देश हामी सबै नेपाली लाई १८ बर्ष अगाडि नेपालीको ज्यान गुमेको ठाउँमा नेपालीको सँस्कृती पनि गुमेको यक इतिहास छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?v=WBvikMvai7U...