Monday, August 10
Shadow

Author: Interview Nepal

पत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे अस्पताल, के छ स्वास्थ्य अवस्था  ?

पत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे अस्पताल, के छ स्वास्थ्य अवस्था ?

ब्यानर समाचार, समाचार
  काठमाडौं , पुस १५ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । यसैबीच अस्वस्थ भएर अस्पताल भर्ना भएकी पत्नी सीता दाहाल भेट्न पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् । बुधबार साँझ प्रचण्ड ललितपुरस्थि मेडिसिटी अस्पतालमा उपचाररत सीताको स्वास्थ्य अवस्था बुझ्न पुगेका हुन् ।छोरी गंगा दाहालले बुधबार बिहान सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् । सीता दाहाल केही वर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी० भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।...
प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाडौँ, पुष १५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । लामो समयदेखि बिरामी रहेकी सीताको स्वास्थ्यमा पुन: समस्या देखिए पछि बुधबार अस्पताल भर्ना गरिएको हो । प्रचण्डकी निजी सचिव एवम् पुत्री ग‌ंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएको जानकारी दिएकी छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सीता अस्पताल भर्ना भएको उल्लेख गरे पनि कुन अस्पताल भर्ना गरिएको भन्ने विषय भने उनले खुलाएकी छैनन् । लामो समयदेखि बिरामी रहेकी सीतालाई प्रचण्ड परिवारले यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिरहेको थियो । प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्याबाट पीडित छिन । यसअघि उनको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिए...
लागुऔषधसहित सासू–बुहारी पक्राउ

लागुऔषधसहित सासू–बुहारी पक्राउ

अपराध, समाचार, समाज
  काठमाडौं, पुस १५ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो । मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । “विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको थियो”, उनले भने, “सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो ।” लागुऔषधसहित शान्ति सिंहको साथमा रहेको रु २१ हजार ५०० नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घ...
राष्ट्रिय खेलकुद परिषद र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता

राष्ट्रिय खेलकुद परिषद र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता

आर्थिक
काठमाडौं , पुस १५ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता भएको छ । राखेपका सदस्य(सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले मंगलबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार कर्मचारी कर्जा तथा सापटसम्बन्धी पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराइने छ । राखेपले सञ्चालन गर्ने तालीम र सेमिनारमा बैंकका तालीम केन्द्रलगायत पूर्वाधार प्रयोग गर्दा बैंकले ५० प्रतिशत छुट दिनेछ । यस्तै सम्झौतामा खेलकूदको विकास र विस्तारका लागि स्थानीय तहदेखि केन्द्रसम्म सहमतिअनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने छ । परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिन सक्ने सम्झौतापत्रमा उल्लेख छ । सम्झौता प...
प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस १५ । आन्दोलनमा होमीएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । बैठकमा सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न बैठक बस्न लागेको बताएको छ । संसद विघटन गरेको विरोधमा काठमाडौंमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अझै कडा खालको आन्दोलन गर्ने उदघोष गरेका थिए । प्रचण्ड–माधव समूहले आन्दोलन परिचालन गर्न नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा समिति नै गठन गरेको छ ।...
प्रिमियर लिग फुटबलः आर्सनलको लगातार दोस्रो जित

प्रिमियर लिग फुटबलः आर्सनलको लगातार दोस्रो जित

खेलकुद
काठमाडौं , पुस १४ । प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा आर्सनलले ब्राइजटनलाई १–० गोलले हराएको हो । लिगमा पछिल्लो समय कमजोर बनेको आर्सनल बिस्तारै लयमा फर्किरहेको छ । आर्सनलले लिगका पछिल्ला दुई खेलमा जित निकाल्दै आफूलाई अंक तालिकामा बलियो बनाउँदै आएको छ । जितसँगै आर्सनलले लिगमा १६ खेलबाट २० अंक जोडेको छ । आर्सनल अंक तालिकाको १३ औं स्थानमा छ । परातिज ब्राइजटन १३ अंकसहित तालिकाको १७ औं स्थानमा छ ।...
ठूल्ठूला आयोजनामा बैंकहरूको लगानी बढ्दै

ठूल्ठूला आयोजनामा बैंकहरूको लगानी बढ्दै

आर्थिक
काठमाडौं, पुस १५ । पछिल्लो समय बैंकहरूले ठूल्ठूला आयोजनामा लगानी गर्ने क्रम बढ्दै गएको सम्बद्ध अधिकारी बताउँछन्। ‘केही वर्षयता संघ मात्र नभई प्रदेश र स्थानीय तहमा पनि भौतिक पूर्वाधारका थुप्रै काम हुन थालेका छन्,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी भन्छन्, ‘जसले गर्दा बैंकलाई लगानी गर्न सहज मात्र भइरहेको छैन। पूर्वाधार निर्माणमा पनि टेवा पुगिरहेको छ।’ बैंकर्स एसोसिएसनका अनुसार असोजसम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा ३० खर्ब ३० अर्ब ४१ करोड रूपैयाँ लगानी गर्दा निर्माण क्षेत्रमा तीन खर्ब एक अर्ब २९ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ। निर्माण क्षेत्रमा प्रवाह भएको कर्जामध्ये असारदेखि असोजसम्म मात्र ६ अर्ब १७ करोड ३० लाख रूपैयाँ लगानी भएको एसोसिएसनले जनाएको छ।आजको नागरिक दैनिकमा समाचार छ । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल पूर्वाधारमा बैंकले लगानी व...
चिनियाँ टोलीले दियो नेताहरुलाई यस्ता तीन सन्देश

चिनियाँ टोलीले दियो नेताहरुलाई यस्ता तीन सन्देश

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , पुस १५ । नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र विपक्षी दलका नेताहरुलाई दिएको छ । सत्तारुण् नेकपा विभाजित भएसँगै राष्ट्रपति सी चिनफिङको निर्देशनमा बेइजिङबाट काठमाडौँ उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय विशेष टोलीले नेपालमा विकसित राजनीतिक परिस्थितिबारे चिन्ता र चासो प्रकट गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पगेको अवसरमा यहाँका राजनीतिक दलहरुसँग सम्बन्ध मजबुत बनाउन भ्रमण गरेको भनिए पनि शीर्ष नेतासँगको सबै भेटमा चिनियाँ अधिकारीहरुले नेपालमा विकसित राजनीतिक अस्थितरता र नेकपामा आएको फुटबारे बढ्ता जिज्ञासा राखेको थियो । चिन...
कोरोना कहरः विश्वमा थप ९ हजारभन्दा बढी संक्रमितको मृत्यु

कोरोना कहरः विश्वमा थप ९ हजारभन्दा बढी संक्रमितको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं, पुस १५ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ३५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार १२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४४ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कूल कोरोना संक्रमितको संख्या ८ करोड १ लाख ५५ हजार १८७ पुगेको छ ।...
उभौली र तमु ल्होसारमा राष्ट्रपतिको शुभकामना- राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास

उभौली र तमु ल्होसारमा राष्ट्रपतिको शुभकामना- राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास

मुख्य समाचार, समाचार
काठमाडौँ , पुस १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यो पर्वले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने राष्ट्रपतिको भनाइ छ । पर्वबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उनले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वागस उहाँले व्यक्त गरेकी छन् । प्राकृतिक ऋतुचक्रसँग एकाकार भएर मनाइने उधौली पर्वले प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल ग...