Thursday, March 28
Shadow

नयाँ जनादेशका लागि संसद विघटन : अर्थमन्त्री पौडेल


  • -इ
  • इ+

काठमाडौं, पुस १५ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नयाँ जनादेशका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका छन् ।

वीरगञ्जको नगर सभागृहमा आज आयोजित प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै महासचिव पौडेलले कम्युनिस्ट आन्दोलनलाई क्षत विक्षत गर्ने षडयन्त्रसँग प्रतिवाद गर्न र नयाँ जनादेशका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताएका हुन ।

उनले बैशाख १७ र २७ गते निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै सम्पूर्ण कार्यकर्तालाई चुनावमा केन्द्रित हुन आग्रह गरे ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री ओलीलाई घेराबन्दी गरी संसद विघटन गराउने बाध्यात्मक अवस्था सिर्जना गरेको बताएका थिए ।

कार्यक्रममा कानुन मन्त्री लिला श्रेष्ठले विदेशी शक्तिको इशारामा सरकार ढाल्ने खेल शुरु भएपछि प्रतिनिधिसभा विघटनको अवस्था सिर्जना भएको बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares