Thursday, April 25
Shadow

स्वास्थ्यका लागि दूध र दहीमा कुन खानु राम्रो ?


  • -इ
  • इ+

काठमाडौं । नेपालमा दूध र दही दैनिक जीवनमा धेरैले सेवन गर्छन् । दुवैको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ कमैलाई थाहा छ ।

दूधलाई जमाएर अमिलो बनाएर दही बनाइन्छ । यसमा भएका ब्याक्टेरियाका कारण पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइने वैज्ञानिकहरू बताउँछन् ।

दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुने हुँदा हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ । साथै दहीमा हुने तत्वले अस्टियोपोरोसिस जस्ता रोगसँग लड्न पनि सहयोग गर्छ ।

अर्को कुरा त दूध छिट्टो नपच्ने हुँदा यसले कब्जियत तथा ग्यास पैदा गर्छ । दही तुरन्तै पच्ने हुँदा खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई सहयोग पुग्छ । डाक्टरहरूका अनुसार एक दिनमा २५० मिलि दही खानु सही हुन्छ । दिउँसो भोजनको समयमा दही पिउँदा पनि यसले फाइदा गर्छ ।

राति भने दही खानु स्वस्थकर मानिँदैन । अझ मासु खाएका बेला त बिर्सेर पनि दूध वा दही खानु हुँदैन । साथै बासी दही पनि स्वास्थ्यका लागि हानीकारक हुन्छ । मधुमेह, रुघाखोकी, टन्सिल, दम र सास फेर्न समस्या भएकाहरूले पनि दही खानु हुँदैन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares