Thursday, March 28
Shadow

विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो, संक्रमित कति ?


  • -इ
  • इ+

काठमाडौं , पुस १६ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ८ करोड ३० लाख नाघेको छ भने १८ लाख १० हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ८ करोड ३० लाख ३० हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १८ लाख १० हजार ६१० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १४ हजार ३९५को मृत्यु भएको हो । अहिलेसम्म ५ करोड ८८ लाख ४५ हजार ६४३ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ५० हजार ४२९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड २ लाख २ हजार ५४५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २० हजार १०४ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ४३१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ७७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २९९ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९५७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ७६ लाख १९ हजार ९७० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ९३ हजार ९४० पुगेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares