Friday, April 26
Shadow

कोरोनाकै कारण २ लाख नेपाली स्वदेश फर्किए , तत्काल १० लाखलाई रोजगारी आवश्यक


  • -इ
  • इ+

काठमाडौं , पुस १५ । विश्‍वव्यापी कोरोना भाइरसको कारण झन्डै २ लाख श्रमिक वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका छन् ।

कोरोनाका कारण देशैभित्र सबैभन्दा बढीले रोजगारी गुमाएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले अहिलेको अवस्थामा १७ लाख नेपाली बेरोजगार भएकाले तत्काल १० लाखलाई व्यवस्थापन गर्नुपर्ने देखिएको जनाएको छ ।

कोरोनाको कारण विदेशमा तीन लाखले रोजगारी गुमाएका छन् भने देशभित्र नौ लाखको रोजगारी गुमेको छ । विदेशमा भएका ३२ लाखमध्ये ६ लाख नेपाली अहिले फर्कने तयारीमा छन् । त्यसमध्ये चार लाख नेपाली कोभिडकै कारण तत्काल फर्कनुपर्ने अवस्थामा छन् ।

नेपाली श्रम बजारमा वार्षिक पाँच लाख युवा भित्रिने राष्ट्रिय योजना आयोगलको तथ्यांक छ । आयोगले वैदेशिक रोजगारीमा जाने नेपालीमा कोरोनाले पारेको प्रभावसम्बन्धी अध्ययन गरेको थियो । ११२ देशमा रहेका नेपालीमा गरेको अध्ययनअनुसार ३५ लाख नेपाली विदेशमा छन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares