Friday, March 29
Shadow

सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले गरे प्रचण्डलाई फोन, नेम्बाङ र पौडेल पुगे अस्पताल


  • -इ
  • इ+

काठमाडौं , पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ ।

सीता दाहाल केही वर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् । उनले बुधबार साँझ प्रचण्डलाई फोन गर्दै उपचाररत प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् । त्यस्तै अर्थमन्त्री समेत रहेका नेकपा ओली पक्षका महासचि विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।

सीताको स्वास्थ्य केही वर्षयता खस्किएको छ। उनलाई यसबीचमा भारत, बैंककसहित विभिन्‍न अस्पतालमा उपचार गरिएको छ। उनी एकमात्र छोरा प्रकाशको मृत्युपछि शारीरिक तथा मानसिक रुपमा अझै कमजोर भएकी थिइन्।

 

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares