Wednesday, August 12
Shadow

Author: Interview Nepal

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २० । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा घोषित आन्दोलनका थप कदमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।समूहले सरकारको असंवैधानिक कदमविरूद्ध घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने भएको छ । काठमाडौँमा प्रदर्शनसहित विरोध प्रदर्शनसहित कार्यक्रमण गरेको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रमण घोषणा गरेको छ ।आजको बैठकमा सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमलाई सशक्त र व्यवस्थित बनाउने विषयमा छलफल हुने नेता योगेश भट्टराईले जानकारी दिए ।उनले पार्टी एकीकरणका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल गरिने बताए । घोषित कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउन स्थायी कमिटीमा छल...
बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बाजुरा, पुस २० ।बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको बडिमालिका नगरपालिका वडा नम्वर ६ कोर्धमा घाँस काट्ने क्रममा लडेर एक जनाको मुत्यु भएको हो । मृत्यु हुनेमा वडा नम्वर ६ कोर्धका धन बहादुर खड्का रहेका छन् । उनि शनिवार दिउसो घाँस काट्नको लागि घर नजिकै रहेको मेलामा गएका थिए । खड्का अवेर सम्म घरमा नआएपछि स्थानियले खोजि गर्दा आईतवार विहान घर नजिकै रहेको खणिल्ला मेलामा घाईते अवस्थामा भेटिएको र केही समयपछि उनको ३ बजे मृत्यु भएको स्थानीय जङग खड्काले जानकारी दिए ।...
पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं , पुस २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदै छन्। पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ। लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लान लागिएको हो। केही दिनअघि मेडिसिटी अस्पतालमा उपचार गरी उनी अहिले खुमलटारस्थित घरमै आराम गरिरहेकी छन्। यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो।...
कांग्रेस एक्लै सडक संघर्षमा, दाहाल र नेपाल पक्षको प्रस्ताव अस्वीकार

कांग्रेस एक्लै सडक संघर्षमा, दाहाल र नेपाल पक्षको प्रस्ताव अस्वीकार

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २० । कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै पुस १३ गते सडक प्रदर्शन गर्ने भएको छ । यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडक संघर्षमा जाने भएको छ । उसले अरू दलसँग सहकार्य नगरी आफ्नै संगठनको बलमा संघर्षमा जाने निर्णय गरेको हो ।विघटनको विरोधमा संयुक्त संघर्षमा जान नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केही दिनअघि गरेको प्रस्तावलाई भने कांग्रेसले अस्वीकार गरेको छ । सरकारको कदमविरुद्ध सँगै आन्दोलनमा जान विभाजित नेकपा (प्रचण्ड-नेपाल) समूहले कांग्रेसको साथ चाहेको थियो । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार एक महिने संघर्षका कार्यक्रम घोषणा गर्दै अझै पनि कांग्रेसलाई पर्खेको बताएका थिए । तर त्यसको भोलिपल्ट आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अरू दलसँग सहकार्य नगरी आफ्नै संगठनको बलमा...
निर्वाचन आयोगले पठायो नेकपाका दुबै पक्षलाई  छुट्टाछुट्टै पत्र , के छ पत्रमा ?

निर्वाचन आयोगले पठायो नेकपाका दुबै पक्षलाई छुट्टाछुट्टै पत्र , के छ पत्रमा ?

पत्रपत्रिका, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २० । निर्वाचन आयोगले ओली पक्षलाई अवधि नतोकी र प्रचण्ड–माधव समूहलाई सात दिनभित्र लिखित जवाफ दिन भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताको विषयमा आयोगमा परेको विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्गत आयोगले शुक्रबार पठाएको पत्रमा फरकफरक अवधि तोकिएको छ । प्रचण्ड–माधव पक्षलाई पठाइएको पत्रमा लिखित जवाफ दिनका लागि सात दिन म्याद दिइएको छ भने ओली पक्षलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको पाइएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको हो । प्रचण्ड–नेपाल पक्षलाई पठाइएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद–९ अनुसार कारबाही गर्न सकिने जानकारी गराएको छ । ओली पक्षलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगक...
प्रधानमन्त्री ओली धनगढी आउँदै

प्रधानमन्त्री ओली धनगढी आउँदै

मुख्य समाचार, राजनिती
कैलालाी , पुस २० । प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी आउने भएका छन्। पुस २४ गते धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न ओली यहाँ आउन लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ। नेकपा विभाजन भएपछि पहिलो पटक ओली समूहले आयोजना गर्ने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्। प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणापछि ओली जिल्ला तथा प्रदेश दौडाहमा लागेका छन्। सोही कार्यक्रम अनुसार धनगढीमा पनि जनसभा आयोजना गरिएको नेकपाले जनाएको छ।...
रोनाल्डोको दुई गोलमा युभेन्टसको फराकिलो जित

रोनाल्डोको दुई गोलमा युभेन्टसको फराकिलो जित

खेलकुद
काठमाडौँ , पुस २० । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडीनेसलाई पराजित गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्टसले उडिनेसमाथि ४-१ को फराकिलो जित हात पारेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल गरेका थिए । त्यस्तै उडीनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए । यो जितपछि युभेन्टसको १४ खेलमा २७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै शीर्ष स्थानमा रहेको एसी मिलान भन्दा १० अंकले पछाडी रहेको छ । त्यस्तै उडीनेसको भने १४ खेलमा १५ अंक रहेको छ र लिगको १३औ स्थानमा रहेको छ ।...
कोरोनाले बन्द सबै क्षेत्र खुला गरिँदै

कोरोनाले बन्द सबै क्षेत्र खुला गरिँदै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २० । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति ९सीसीएमसी०ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। त्यसपछि चैतदेखि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका निर्णयहरूमा होटल व्यवसाय, यातायात, हवाई सेवालगायतका क्षेत्र खुला गरिए पनि शैक्षिक क्षेत्र, मनोरञ्जन, जिमखाना, पुस्तकालयलगायत क्षेत्र खुलाइएको थिएन। विद्यालयहरू चैतदेखि बन्द हुँदा विद्यार्थीको पढाइ करिब ९ महिना अन्योल भएको थियो। उपत्यकाका स्थानीय तहहरूले विद्यालय खुलाउन खोज्दा पनि जोखिमलाई ध्यानमा राखी रोक लगाइएको थियो। विद्यालय तथा अन्य मनोरञ्जनका क्षेत्...
प्रतिनिधिसभा विघटनः सर्वोच्चलाई ओलीको अडानयुक्त जवाफ

प्रतिनिधिसभा विघटनः सर्वोच्चलाई ओलीको अडानयुक्त जवाफ

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस २० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीको विशेषाधिकार रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। प्रधानमन्त्री ओलीले अर्को सरकार गठन हुन सक्ने अवस्थाको विद्यमानता नरहेको, विघटन राजनीतिक विषय रहेको, राजनीतिक अनुशासन कायम गर्न ताजा जनादेशका लागि सार्वभौम जनतामा जाने निर्णय लिएको, विघटन संविधानसम्मत रहेकोलगायत दाबीसहित सर्वोच्चमा न्यायिक पुनरावलोकनको विषय नरहेको जनाएका छन्। ‘मैले प्रतिनिधिसभा विघटनको सिफारिस कुनै वैयक्तिक लाभका लागि गरेको होइन, देश र जनताको हितको अगाडि पद र परिवार कहिल्यै मेरा प्राथमिकताका विषय बनेनन्’, प्रधानमन्त्री ओलीको जवाफमा छ। उनले लोकतन्त्रप्रतिको अटल प्रतिबद्धता र जनअधिकारका लागि आधा शताब्दीभन्दा बढी लडाइँ लडेको जनाएका छन्। ‘मैले कुनै अवाञ्छित स्वार्थका लागि काम गर्नुप...
कोरोना महामारीः विश्वमा एकैदिन ७ हजार संक्रमितको मृत्यु, १ लाख ६ हजारको स्वास्थ्य गम्भीर

कोरोना महामारीः विश्वमा एकैदिन ७ हजार संक्रमितको मृत्यु, १ लाख ६ हजारको स्वास्थ्य गम्भीर

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ, पुस २० । विश्वमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ८ करोड ५४ लाख ८९ हजार ४६२ पुगेको छ । सोमबार बिहानको तथ्याङ्क अनुसार २ करोड ३१ लाख ९५ हजार ७८५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख ६ हजार २२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वमा एकैदिन ७ हजार ९७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार २०९ पुगेको छ ।६ करोड ४ लाख ४३ हजार ४६८ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकैदिन १ लाख ९२ हजार १०० संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ११ लाख ११ हजार २९१ पुगेको छ । एकैदिन १ हजार ३८७ जनाले ज्यान गुमाएपछि अमेरिकामा कोरोना संक्रमणब...