महेन्द्र अधिकारी, ललितपुर, पुष २० । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा “ होर ए ३, हे माया ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ होर ए ३, हे माया ” बोलको गितमा रेशम थापा,सानु के सी,रामहरि भण्डारी, प्रमिला राई, दिपक ढकाल, पार्बती बानिया,शान्ति राई र लक्ष्मी र्दनाल को स्वर रहेको छ ।
यो गीतमा शब्द गायक सानु के सी ले संकलन गरेका छन् भने संगीत विष्णु रिमाल को रहेको छ । यस गितलाई एरेन्ज तिलक ओली ले दिएका छन् । “ होर ए ३, हे माया ” बोलको लोक दोहोरी भाकालाई संगीत सरोबर रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
“ होर ए ३, हे माया ” गीतको भिडियोलाई लोक चौतारी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।