यी भू-भागमा हिमपात र वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान
काठमाडौं पुस २० । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानको मौसम बदली भएको छ । हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ भने पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान
पुस २० गते (सोमबार)
दिउँसो : देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-...








