Thursday, April 25
Shadow

नेकपा स्थायी कमिटी बैठकः गर्यो यस्ता छन् निर्णय


  • -इ
  • इ+

काठमाडौं पुस २० । दाहाल–नेपाल’ समूह नेकपाको स्थायी कमिटी बैठक आज पनि बसेको छ । कमिटी बैठकले संसद् विघटन विरुद्धको केन्द्रीय संघर्ष समितिको सह-संयोजकमा नेताहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ । माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार पार्टी एकताको काम सम्पन्न गर्ने गृहकार्यका लागि माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली बनाएको छ ।

जसमा स्थायी कमिटी सदस्यहरु अष्टलक्षमी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वेदुराम भुसाल, भीम रावल, मातृका यादव, लिलामणि पोखरेल र शक्ति बस्नेत छन् । उक्त टोलीले जन संगठनका काम प्रभावकारी बनाउने विषयमा सुझाव दिने र त्यसलाई ७ दिनमा कार्यान्वयन गर्ने श्रेष्ठले जानकारी दिए ।

त्यस्तै नेकपाले संसद् विघटनविरुद्ध संयुक्त संघर्ष गर्ने बताएको छ । साथै दाहाल-नेपाल’ समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।स्थायी कमिटी बैठकले गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकेको छ।

यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालको संयोजकत्वमा १० सदस्य कार्यदल गठन गरेको थियो ।पार्टी एकताका बाँकी काम गर्न र विभिन्न तहमा पदाधिकारी थप्ने गृहकार्यको लागि १० सदस्यीय कार्यदल गठन गरेको हो ।

त्यस्तै आजैको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीको कदमप्रतिको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय पनि गरेको छ। कोटेश्वरको पेरिसडाँडामा बसेको बैठकले यसअघि गरेको सरकारविरुद्धको आन्दोलनको विषयमा समेत समीक्षा गरेको छ।

आगामी आन्दोलनमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares