Friday, August 14
Shadow

Author: Interview Nepal

लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्बसत्ताबाद कायम भयो :  कमल थापा

लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्बसत्ताबाद कायम भयो : कमल थापा

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले १४ बर्ष अघि नयाँ नेपाल निर्माणको नाममा राजसंस्था र हिन्दुराष्ट्र समाप्त गरियो र देशले धान्न नसक्ने संरचना कायम गरेका कारण अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्वसत्तावाद कायम भएको बताएका छन् । चुनाब चिन्ह र झण्डा अनावरण कार्यक्रमलाई आज दमौलिमा सम्बोधन गर्दै थापाले धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति माथि आक्रमण भैरहेको भन्दै आपत्ती प्रकट गरे । थापाले देश अभिभावक विहिन भएको , बिदेशीको चलखेल बढेको, भ्रष्टाचार र कुशासन हावि भएको भन्दै यो संकटबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उपयुक्त हुने बिचार ब्यक्त गरे । ुसम्वर्द्धनवादुको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नको निमित्त राप्रपालाई बलियो बनाउनु पर्नेमा जोड दिदै उहाँले पार्टीलाई राष्ट्रवादीरप्रजातान्त्रिक शक्ति बनाउने अभियानमा सबैको सहयोग...
बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
स्याङ्जा, पुस २४ । जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् । ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।...
देउवाद्वारा धनगढीमा पक्राउ परेका युवालाई तत्काल रिहा गर्न माग

देउवाद्वारा धनगढीमा पक्राउ परेका युवालाई तत्काल रिहा गर्न माग

मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभाबाट पक्राउ परेका युवाहरूलाई रिहाइको माग गरेका छन् । नेकपाको ओली पक्षको सुदूरपश्चिम स्तरीय आमसभामा प्रहरीले ‘निर्मला पन्तको बलात्कारी खैरु’ लेखिएको टिसर्ट लगाएर उपस्थित भएका युवाहरुलाई पक्राउ गरेको थियो । सभापति देउवाले धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय भएको बताएका छन् । उनले दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य, मान्यता विपरित भएको बताउदै पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले भनेका छन् - धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर...
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो , अब अर्को कहिले ?

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो , अब अर्को कहिले ?

मुख्य समाचार, राजनिती
काठमाडौँ , पुस २४ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सरिएको छ । यही पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक माघ ६ गतेका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अबको बैठक माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने शुक्रबार पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ । ५ पुसमा सरकारले लिएको प्रतिनिधिसभा विघटनको कदममाथि ७ पुसबाट काँग्रेसमा छलफल जारी छ । बैठकबाटै संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको काँग्रेस थप नीति आगामी बैठकबाटै तय गर्ने रणनीतिमा छ।...
काठमाडौँ महानगरले काठमाडौँका मुख्य सडकमा आधुनिक बत्ती जडान गर्दै

काठमाडौँ महानगरले काठमाडौँका मुख्य सडकमा आधुनिक बत्ती जडान गर्दै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस २४ । काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ ।  यही मङ्सिर २५ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच भएको सहमति अनुरुप महानगरपालिकाले बत्ति जडानको प्रक्रिया अघि बढाएको हो । उज्यालो महानगर बनाउनुका साथै उज्यालो संघीय राजधानीको चिनारी दिने तथा मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ति जडान कार्य अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए । शाक्यले महानगरपालिका, क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने पनि जानकारी दिए । ‘सहमति अनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने उनले बताए ।उ...
कृष्णनगरमा मुख्यमन्त्री पोखरेललाई बुझाइयो ज्ञापन पत्र

कृष्णनगरमा मुख्यमन्त्री पोखरेललाई बुझाइयो ज्ञापन पत्र

मुख्य समाचार, समाचार, समाज
रवि प्रकाश कसौधन, कृष्णनगर, पुस, २४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हिजो कपिलवस्तु जिल्लाको कृष्णनगर भंसार नाकाको अवलोकन गरेका छन् । राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, उद्योगी, कर्मचारी लगायतसंग भेटघाट तथा छलफल पनि गरेका छन् । भेटघाट तथा छलफलका क्रममा राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्रको नेतृत्वमा प्रेम शंकर शुक्ल लगायतको टोलीले यहि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवसको अवसरमा नेपाल सरकारद्वारा भव्यरूपमा मनाउन र उक्त दिन सार्वजनिक विदा घोषणाको माग गर्दै मुख्यमंत्री पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् । साथै कृष्णनगरको लिंकगेटमा निर्माणाधीन रहेको प्रवेशद्वार कार्य पुरा गर्न रकम निकाला गर्न समेत प्रवेशद्वार निर्माण समितिले ध्यानाकर्षण गराएको छ । उक्त छलफलमा व्यापारी लगायत अन्यले आ- आफ्नो समस्याको बारेमा ध्यानाकर्षण गरा...
राष्ट्रियसभामा  बार्षिक प्रतिवेदन पेश , आज कसले के बोले ?

राष्ट्रियसभामा बार्षिक प्रतिवेदन पेश , आज कसले के बोले ?

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २४ । राष्ट्रियसभामा दीगो विकास तथा सुशासन समितिको २०७६/७७ बार्षिक प्रतिवेदन पेश भएको छ । सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको बार्षिक प्रतिवेदन पेश गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।राष्ट्रियसभाको शुक्रबारको बैठकमा पनि सदस्यहरुले प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बाँडिएका छन् । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनाव मिति घोषणा गर्नु प्रतिपक्षीका लागि राम्रो हुनुपर्ने बताए । प्रमुख प्रतिपक्षीलगायतले जनतामा जान खुट्टा कमाएको उनको भनाइ छ । संवैधानिक इजलासमा गएपछि यो विषय संवैधानिक भएको उनले टिप्पणी गरे । प्रतिनिधिसभा विघटन प्रतिगमन नभएको उनको जिकिर छ । राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा (पार्वती)ले सरकारलाई पार्टीभित्र, संसदीय दल, संसदीय समितिहरुबाटै काम गर्न रोक...
प्रधानमन्त्री ओलीको आग्रह -पार्टी छोडेर जाने भगौडाहरुको कुरा नसुन्न होला

प्रधानमन्त्री ओलीको आग्रह -पार्टी छोडेर जाने भगौडाहरुको कुरा नसुन्न होला

ब्यानर समाचार, राजनिती
काठमाडौँ , पुस २४ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्षलाई भगौडाको संज्ञा दिएका छन् । धनगढीमा आयोजित सुदूरपश्चिम स्तरीय जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा नआएर सडकमा बसेर हामी यहाँ छौ भन्दै नाटक गरेको आरोप लगाएका छन् । हामीलाई गालीगलौज गर्न फुर्सद छैन भन्दै प्रधानमन्त्री ओलीले आफु देशको विकासमा लागेको बताएका छन् ।पार्टी छोडेर जाने भगौडाहरुको कुरा नसुन्न उनले सुदूरपश्चिमका पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । आफुलाई देशमा चाहिने आफैले उत्पादन गर्ने दिशामा सरकारले काम गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले कृषिको विकासमा विशेष ध्यान दिने बताए ।प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पुआधुरालाई नेपालको नक्शामा समावेश गरेकोले नै अहिले राष्ट्रिय राजनीतिमा कोकोहोलो गरेको आरोप लगाएको उनले बताए । नक...
चार पूर्वप्रधानन्यायाधीशको ठहर – प्रतिनिधिसभा विघटन असंवैधानिक, संसद भंग गरिएको टिप्पणी

चार पूर्वप्रधानन्यायाधीशको ठहर – प्रतिनिधिसभा विघटन असंवैधानिक, संसद भंग गरिएको टिप्पणी

ब्यानर समाचार, राजनिती
  काठमाडौं , पुस २४ । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । शुक्रबार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै २०७२ को संबिधानमा प्रतिनिधि सभा विघटन गर्ने अधिकारको व्यवस्था नगरिएको अवस्थामा समेत आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको टिप्पणी गरेका छन् । उनीहरुले संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको बताएका छन् । उनीहरुले कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संबिधानको आधारभूत मुल्य परिवर्तन नहुने बताउदै जुनसुकै परिस्थिति उत्पन्न भए पनि संबिधान र संबिधान कार्यान्वयन गर्दा संबिधानवादको अधिनमा रहेर सम्बोधन गर्ने क्षमता राख्नुपर्ने धारण...
कोरोनाबाट जोगाउनका लागि थप दुई जीवनरक्षक औषधि भेटिए

कोरोनाबाट जोगाउनका लागि थप दुई जीवनरक्षक औषधि भेटिए

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, पुस २४ । कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधि भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० को इन्टेन्सिव केयर युनिट (आइसीयू) मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधि खोपमार्फत् दिइने र उपचार गरिएका हरेक १२ जनामध्ये थप एक जनाको ज्यान बचाउन सक्ने दाबी गरेका छन् । विशेषज्ञले यी औषधि बेलायतमा पहिलेदेखि नै उपलब्ध भएकोले यसको तुरुन्त प्रयोग गरेर सयौंको ज्यान बचाउन सकिने बताएका छन् । बेलायतको अस्पतालमा ३० हजारभन्दा बढी कोरोनाका बिरामी छन् । यो आँकडा गत वर्ष अप्रिलको तुलनामा ३९ प्रतिशत बढी छ । बेलायत सरकारले औषधि निर्माता कम्पनीसँग बेलायतमा बिरामीका लागि टोसिलुजमेब र सरिलुमेब औषधी उपलब्ध रहोस् भनेर लगातार सम्पर्क स्थाप...