Tuesday, April 16
Shadow

कोरोनाबाट जोगाउनका लागि थप दुई जीवनरक्षक औषधि भेटिए


  • -इ
  • इ+

काठमाडौं, पुस २४ । कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधि भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ ।

बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० को इन्टेन्सिव केयर युनिट (आइसीयू) मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधि खोपमार्फत् दिइने र उपचार गरिएका हरेक १२ जनामध्ये थप एक जनाको ज्यान बचाउन सक्ने दाबी गरेका छन् ।

विशेषज्ञले यी औषधि बेलायतमा पहिलेदेखि नै उपलब्ध भएकोले यसको तुरुन्त प्रयोग गरेर सयौंको ज्यान बचाउन सकिने बताएका छन् । बेलायतको अस्पतालमा ३० हजारभन्दा बढी कोरोनाका बिरामी छन् । यो आँकडा गत वर्ष अप्रिलको तुलनामा ३९ प्रतिशत बढी छ ।

बेलायत सरकारले औषधि निर्माता कम्पनीसँग बेलायतमा बिरामीका लागि टोसिलुजमेब र सरिलुमेब औषधी उपलब्ध रहोस् भनेर लगातार सम्पर्क स्थापित गरिरहेको छ । ज्यान बचाउनुका साथै यो औषधि प्रयोग गरिएका बिरामी चाँडै निको भइरहेका छन् र गम्भीर रुपमा बिरामीलाई पनि एक हप्ता मात्रै आइसीयूमा राखे पुग्ने भएको बताइएको छ ।

प्रतिदिनको अस्पताल खर्च भन्दा कममा औषधि

दुबै औषधी उत्तिकै असरदार छन् । र यो सस्तो एस्टेरोयड डेक्सामेथासोनसँग अझ बढी असरदार छ । यद्यपि, औषधि सस्तो छैन । यसको मूल्य प्रति बिरामी ७५० पाउन्ड ९१ लाख १९ हजार रुपैयाँ० देखि १००० पाउन्ड ९१ लाख ५८ हजार रुपैयाँ० को बीच आउँछ जुन डेक्सामेथासोनको पाँच पाउन्ड ९लगभग ८ सय० को कोर्सभन्दा कयौं गुणा बढी छ ।

यद्यपि, विशेषज्ञका अनुुसार यी खोप लगाउनुको फाइदा यो हो कि यो आइसीयूमा प्रतिदिन हुने बेड खर्चभन्दा कममा उपलब्ध छ । आइसीयूको प्रतिदिन शुल्क २००० पाउन्ड ९३ लाख १७ हजार रुपैयाँ० छ । मुख्य शोधकर्ता तथा इम्पेरियल कलेज लण्डनका प्रा। एन्थनी गार्डोनले भने, ‘हरेक १२ बिरामी जुन यी औषधीबाट निको हुनेछन्, उनीहरुले एउटा जीवन बचाउन सक्नेछन् । यो निकै प्रभावकारी छ ।’

बेलायतमा समेत भिन्न ६ देशमा आइसीयूका करिब ८ सय बिरामीमा रिम्याप–क्याप ट्रायल भयो । स्ट्यान्डर्ड केयरमा राखिएका करिब ३६ प्रतिशत कोभिड बिरामीको मृत्यु हुन्छ । आइसीयूमा भर्ना भएको २४ घण्टाभित्र नयाँ औषधि दिँदा मृत्युको आँकडा एक चौथाई घटेर २७ प्रतिशत भयो ।

एनएचएसका नेशनल मेडिकल डायरेक्टर प्रा। स्टिफन पाविसले भने, ‘कोरोना बिरामीको मृत्युको आँकडामा कमी ल्याउनका लागि अब अन्य औषधी पनि आइसकेका छन् । यो निकै खुसीको कुरा हो र कोरोना भाइरसविरुद्ध लडाईंमा एक सकारात्मक कदम हो ।’

सरकारले निर्यातमाथि लगायो रोक

बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककले भने, ‘बेलायतले समय–समयमा प्रमाणित गरिसकेको छ र अझै भन्दै छ कि ऊ आफ्ना बिरामीका लागि सबैभन्दा आशाजनक र उत्कृष्ट उपचार दिन अग्रस्थानमा छ ।’ यद्यपि, यी औषधिले खतरा पनि निम्त्याउन सक्छ । कोभिड बिरामीलाई अत्यधिक मात्रामा यो औषधी दिँदा यसले फोक्सो र अन्य अंगमा क्षती पुर्‍याउन सक्छ ।

डाक्टरले डेम्सामेथासोन दिँदा पनि बिरामीको अवस्था गम्भीर छ र जसलाई अत्यधिक हेरविचारको आवश्यकता छ, उनीहरुलाई मात्रै यो औषधि प्रदान गर्न सल्लाह दिइरहेका छन् । टोसिलिजुम्याब र सरिलूम्याब, यी दुबै औषधिको निर्यातमा सरकारले रोक लगाएको छ । बीबीसी

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares