Saturday, April 20
Shadow

देउवाद्वारा धनगढीमा पक्राउ परेका युवालाई तत्काल रिहा गर्न माग


  • -इ
  • इ+

 

काठमाडौँ , पुस २४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभाबाट पक्राउ परेका युवाहरूलाई रिहाइको माग गरेका छन् ।

नेकपाको ओली पक्षको सुदूरपश्चिम स्तरीय आमसभामा प्रहरीले ‘निर्मला पन्तको बलात्कारी खैरु’ लेखिएको टिसर्ट लगाएर उपस्थित भएका युवाहरुलाई पक्राउ गरेको थियो ।

सभापति देउवाले धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय भएको बताएका छन् ।

उनले दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य, मान्यता विपरित भएको बताउदै पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

उनले भनेका छन् – धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय छ । दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्यरमान्यता विपरित हो । पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछु !

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पहिलो पल्ट काठमाडौँ बाहिर गएर आम सभालाई सम्बोधन गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares