Tuesday, August 11
Shadow

Author: Interview Nepal

संगठन विस्तारमा वैज्ञानिक समाजवादि कम्युनिष्ट पार्टी नेपाल,आकर्षित हुदै युवासमुह

संगठन विस्तारमा वैज्ञानिक समाजवादि कम्युनिष्ट पार्टी नेपाल,आकर्षित हुदै युवासमुह

ब्यानर समाचार, राजनिती
काठमाण्डौं माघ,५ २०७८ मंसिरमा पहिलो महाविधेशनको तयारीमा जुटेको वैज्ञानिक समाजवादी पार्टी नेपाल यति बेला देश तथा प्रदेशमा आफ्नो संगठन निर्माणमा लागी परेको छ। कार्ल मार्क्सको दुई सयौँ शतवार्षिकीको विशेष सन्दर्भमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल गठनको पहल सुरु भएको घोषणा विज्ञप्तिमार्फत् गरिएको थियो । विश्व सर्वहारा(श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्र्सवादका प्रवर्तक काल माक्र्सको द्विशतवार्षिकीको विशेष सन्दर्भमा नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माणको संगठित पहल सुरु भएर हाल नेपालका सातै वटा प्रदेश र प्रवासमा समेत संगठन निर्माण गर्ने काम तिब्र रुपमा भएको हो । हाल सम्म प्रवास अन्तर्गत कतार, यएई र कोरियामा संगठन निर्माण गरि सकिएको छ भने ईन्दीया, साउदी मलेसियामा गर्ने तयारी भैरहेको प्रगतिशील नेपाल समाज कतारका महासचिव दिप...
बेलायतबाट नेपाल आएका तीनजनामा नयाँ प्रजातिको भाइरस पुष्‍टि

बेलायतबाट नेपाल आएका तीनजनामा नयाँ प्रजातिको भाइरस पुष्‍टि

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ ५ बेलायतबाट नेपाल आएका तीनजनामा नयँ प्रजातिको भाइरस भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीनजनामा नयाँ प्रजातिको भाइरस भएको पुष्टि गरेको हो । उनीहरुको स्वाब जिन सिक्वेन्सिङका लागि गत पुस २७ गते हङकङ पठाइएको थियो । नयाँ भाइरस देखिएकामा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष रहेको पनि विज्ञप्तिमा उल्लेख छ । ...
संसद विघटन कांग्रेस लगाएत सबैलाई लाभदाएक : भट्टराई

संसद विघटन कांग्रेस लगाएत सबैलाई लाभदाएक : भट्टराई

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ ५ प्रतिनिधि सभा विघटन कांग्रेस लगाएत सबैलाई लाभदाएक भएको जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् । सोमवार गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानद्वारा राजधानीमा आयोजित प्रतिनिधिसभा विघटनः संवैधानिक एवं राजनैनिक अन्यौलता र त्यसको निरूपण विषयक बहस कार्यक्रममा भट्टराईले उक्त भनाई राखेका हुन्। नेपालको संविधान २०७२ जारी गर्दा विवाद निरुपणको अध्यक्ष समेत रहेका थिए डा. भट्टराई । प्रतिनिधि सभा विघटनको विरुद्धको आन्दोलनको अगुवाई नेपाली काँग्रेसले गर्नुपर्ने समेत उनले बताएका छन्। आफू बीपी कोइरालाको अनुयायी भएको र गणेशमानलाई सधैं सम्मान गर्ने उल्लेख गर्दै अहिले घोचपेचको समय नभएको जिकिर गरेका छन् । प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व रक्षामन्त्री भिमशेनदास प्रधानको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वमहामन्...
कोभिड–१९ विरुद्धको खोपको लागि ‘ड्राई रन’को तयारी

कोभिड–१९ विरुद्धको खोपको लागि ‘ड्राई रन’को तयारी

पत्रपत्रिका, मुख्य समाचार
काठमाण्डौ , माघ ५। कोभिड–१९ विरुद्धको खोपको अभियान संञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप वितरणको रोडम्यापसमेत तयार गरिएको छ । ड्राई रनअन्तरत एकदिने अभ्यासमा विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले डमी ९नमुना० खोप पाउनेछन् । ‘ड्राई रनमा खोप लगाउने तयारीका बारेमा जानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘खोप प्राप्त भएपछि व्यक्तिको पाखुरामा लगाउँदासम्मको कार्यविधि कसरी पूरा हुन्छ भन्ने अभ्यास गर्न ड्राई रनको तयारी भएको छ ।’ ड्राई रनको तयारी गरिनुको अर्थ कोभिड–१९ विरुद्ध खोप लगाउने अभियान सुरु गर्नुभन्दा पहिलेको अवस्था हो । भारतबाट प्राप्त...
प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रदेश २ मा आज सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ५ । प्रदेश नम्बर २ सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सोमबार बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ ।...
१६ वर्षीय किशोरीको एचआइभी एड्सबाट मृत्यु

१६ वर्षीय किशोरीको एचआइभी एड्सबाट मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ५ । एचआइभी एड्सबाट सप्तरीको राजविराजमा एक किशोरीको मृत्यु भएको छ । आइतबार साँझ राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको मृत्यु भएको हो । स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए । एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।...
बिल्बाओले जित्यो स्पेनिस सुपर कप फुटबलको उपाधि

बिल्बाओले जित्यो स्पेनिस सुपर कप फुटबलको उपाधि

खेलकुद
काठमाडौँ, माघ ५ । एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो । निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।...
नयाँ कोरोना भाइरसले २०२१ झन् कठिन हुनेछ :  डब्लूएचओ

नयाँ कोरोना भाइरसले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ५ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ । कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ । नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बेलायतमा दैनिक हजारौंको मृत्यु हुन थालेको छ ।नयाँ प्रकारको भाइरसले अन्य प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ । नयाँ भाइरसमा देखिएको उत्परिवर्तनले यसका महत्त्वपूर्ण भागमा आमूल परिवर्तन ल्याइदिएको छ ।...
सुरक्षा ब्यबस्था कडाबीच पनि   अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

सुरक्षा ब्यबस्था कडाबीच पनि अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , माघ ५ । अमेरिकाको फिनिक्स शहरमा गोलाबारी हुँदा कयौं घाइते भएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ समारोहको पुर्व सन्ध्यामा सुरक्षा ब्यबस्था कडा पारिएकै समयमा गोलाबारी भएको हो । अमेरिकी अधिकारीहरुको अनुसार फिनिक्स शहरको एबेन्यु क्षेत्रमा केही समुहबीच झडप भएको खबरका बीच सुरक्षाकर्मी पुग्दा तीन जना गोली लागि ढलेको अवस्थामा भेटिएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको छ । घटनाबारे अनुसन्धान थालिएको छ । घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरिएको छ ।-फाइलतस्बिर ...
सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ५ । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका-११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव गित्ते भिरमा गएराति ११ बजे बा४ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा दाधिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका- ४का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका-८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् । मकवानपुर बाग्मती गाउँपालिकाकै २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...