Thursday, March 28
Shadow

संसद विघटन कांग्रेस लगाएत सबैलाई लाभदाएक : भट्टराई


  • -इ
  • इ+

काठमाण्डौँ, माघ ५
प्रतिनिधि सभा विघटन कांग्रेस लगाएत सबैलाई लाभदाएक भएको जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् । सोमवार गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानद्वारा राजधानीमा आयोजित प्रतिनिधिसभा विघटनः संवैधानिक एवं राजनैनिक अन्यौलता र त्यसको निरूपण विषयक बहस कार्यक्रममा भट्टराईले उक्त भनाई राखेका हुन्। नेपालको संविधान २०७२ जारी गर्दा विवाद निरुपणको अध्यक्ष समेत रहेका थिए डा. भट्टराई ।

प्रतिनिधि सभा विघटनको विरुद्धको आन्दोलनको अगुवाई नेपाली काँग्रेसले गर्नुपर्ने समेत उनले बताएका छन्। आफू बीपी कोइरालाको अनुयायी भएको र गणेशमानलाई सधैं सम्मान गर्ने उल्लेख गर्दै अहिले घोचपेचको समय नभएको जिकिर गरेका छन् ।

प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व रक्षामन्त्री भिमशेनदास प्रधानको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, नेपाल बार यसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका पूर्व अध्यक्ष प्रेम बहादुर खड्का, मानव अधिकारवादि कपिल श्रेष्ठ लगाएतको उपस्थीति रहेको थियो ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा संविधान जारी गर्दा मस्यौदाकार समेत रहेका कृष्ण प्रसाद सिटौलाले संविधानको मर्म विपरित संसद विघटन भएकोले यस प्रति सबै एक जुट भएर विरोधमा लाग्नु पर्ने बताए । साथै कार्यक्रमका सभापति प्रधानले प्रधानमन्त्री ओलीले एकलौटि ढंगबाट संसद विघटन गर्नु गलत भएको र त्यस्तो कार्यलाई समर्थन गर्न नहुनेमा जोड दिए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares