Thursday, August 13
Shadow

Author: Interview Nepal

एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लानहरु, यसरी लिन सकिन्छ सेवा

एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लानहरु, यसरी लिन सकिन्छ सेवा

सुचना प्रविधि
काठमाडौं, माघ ५ । अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यलयहरुले उनीहरुकै लागि विषेश रुपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्ने भएका छन् । एनसेलले साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकता अनुसारको सम्पुर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएको जनाएको हो । साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरुले ३० दिनका लागि कर बाहेक रु। १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्ने तथा ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु। २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यावसायले विभिन्न चुनौतिहरुको सामना गर्नु परिेहेकोछ । यसै अवस्थाबीच एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियान अन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको जना...
माग र आपूर्तिका आधारमा सन्तुलन मिलाई विद्युत उपलब्ध गराइने

माग र आपूर्तिका आधारमा सन्तुलन मिलाई विद्युत उपलब्ध गराइने

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौँ, माघ ५ । नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्तिको सन्तुलन मिलाई सहज रुपमा विद्युत सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । उपभोक्ताले दैनिकरुपमा विद्युत प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्राधिकरणका कायममुकायम ९कामु० कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । पछिल्ला दिनमा प्राधिकरणले जुम्लामा विद्युत्भार कटौती गरेको भन्दै आएको सूचनाका सम्बन्धमा कामु कार्यकारी निर्देशक शाक्यले भने, “प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत आपूर्ति हुँदै आएकामा अब दैनिकरुपमा विद्युत आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौँ ।” कर्णालीका कालीकोट, हुम्ला र मुगुमा चालू आर्थिक वर्षभित्रमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने गरी काम गरिरहेका प्राधिकरणको भनाइ छ । कर्णाली प्र...
मेगा बैंकले थाल्यो वीच्याट-पे भुक्तानी सेवा

मेगा बैंकले थाल्यो वीच्याट-पे भुक्तानी सेवा

आर्थिक, मुख्य समाचार
काठमाडौँ, माघ ५ । मेगा बैंक नेपाल लिमिटेडले ‘वीच्याट–पे’सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्नेछन् । नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् । चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने मेगा बैंकको विश्वास रहेको छ । डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र ...
पेट्रोलियम पदार्थको मुल्य बढ्यो, कति पुग्यो अब ?

पेट्रोलियम पदार्थको मुल्य बढ्यो, कति पुग्यो अब ?

आर्थिक, मुख्य समाचार, समाचार, समाज
  काठमाडौं , माघ ५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको हो । निगमले पेट्रो, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रूबपैयाँका दरले मूल्य बढाएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएका छन् । मुल्य बढेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९३ पुगेको छ । यसअघि पेट्रोल १०८ तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९१ रहेको थियो ।...
उदाउँदो सूर्य चिन्ह हाम्रो हो, अस्ताउँदो ओलीको : नेता  नेपाल

उदाउँदो सूर्य चिन्ह हाम्रो हो, अस्ताउँदो ओलीको : नेता नेपाल

मुख्य समाचार, राजनिती
काठमाडौँ, माघ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ सत्ता टिकाउने दाउमा मात्र लागिरहेको आरोप लगाएका छन । संसद विघटन गरेर चुनाव घोषणा गरेपनि चुनाव नहुने तर्क गर्दै उनले प्रधानमन्त्री ओलीले जसरी पनि सत्ता टिकाउन खोजेको आरोप लगाएका हुन् । सोमवार  राजधानीमा आयोजित अखिल नेपाल महिला संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् ।प्रधानमन्त्री ओलीले आफ्नो अधिकारको दुरुपयोग गरेको समेत अध्यक्ष नेपालले आरोप लगाए । अध्यक्ष नेपालले आफूहरुसँग स्पष्ट बहुमत भएको दाबी गर्दै सूर्य चिन्ह आफ्नो समूहको भएको दाबी गरे । नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका ओलीको सूर्य अस्ताउँदो रहेको टिप्पणी गरे । ‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउँदो ...
भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब कहिले ?

भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब कहिले ?

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ, माघ ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक फेरि सरेको छ।यसअघि पनि सरेर माघ ६ गते ९मंगलबार० का लागि तोकिएको बैठक फेरि सरेर माघ १३ गते मंगलबार बस्ने भएको हो। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक सरेको जानकारी दिएका छन्।उनले १३ गतेको बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि जानकारी गराएका छन्।यसअघि पुस २७ गते दिउँसो १ बजेका लागि तोकिएको बैठक माघ ६ गतेका लागि सरेको थियो। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो। कांग्रेसले ओलीको यो कदमलाई असंवैधानि भने पनि यसको प्रतिकार सशक्त रुपमा गर्न सकेको छैन। कांग्रेसले शनिबार प्रतिनिधिसभा विघटनको व...
शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य: राष्ट्रपति भण्डारी

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य: राष्ट्रपति भण्डारी

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६र७७ ग्रहण गर्दै उनले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरूरी भएको बताएकी हुन् । राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भिरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्दै निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम आयोगको भएको बताइन् । निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गराउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न र मतदानस्थल तथा केन्द्र मतदातामैत्री बनाउन उनले सुझाव दिइन् । सरकारले आगामी वैशा...
प्रचण्ड-नेपाल पक्षले ओलीलाई स्पष्टीकरण सोध्‍ने पत्र बालुवाटारमा बुझायो

प्रचण्ड-नेपाल पक्षले ओलीलाई स्पष्टीकरण सोध्‍ने पत्र बालुवाटारमा बुझायो

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ ५ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड(नेपाल पक्षले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको छ । प्रचण्ड(नेपाल पक्षको माघ २ गते बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सो स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपानेलगायतका नेताहरु बालुवाटार पुगेर पत्र बुझाएका छन् । उनीहरुले गेटमै पत्र बुझाएर फर्किएको बताइएको छ ।...
काठमाडौँको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी, २३ जनाको उद्धार , केही घाइते

काठमाडौँको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी, २३ जनाको उद्धार , केही घाइते

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ ५ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत चुहावट हुँदा आगलागी भएको छ । महानगरीय प्रहरी परिसरका अनुसार आज दिउँसो २ बजे लागेको आगो करीब ३ बजे नियन्त्रणमा आएको थियो । विद्युत चुहिएर अपार्टमेन्टको तेस्रो तलाबाट आगलागी भएको परिसरका प्रवक्ता प्रमेश बिष्टले जानकारी दिए । सो क्रममा प्रहरीले २३ जनालाई उद्धार गरेको र केही घाइते रहेको जनाइएको छ । घाइतेमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएका थिए । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।...
पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुर बि.क प्रहरि नियन्त्रणमा

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुर बि.क प्रहरि नियन्त्रणमा

अपराध, समाचार, समाज
काठमाण्डौं माघ,५ रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–१२ का २८ वर्षीय होमबहादुर विक रहेका छन् । कोटिहवामा अनुसन्धानको क्रममा होमबहादुरले आफ्नो अपराध स्वीकार गरेको उनको भनाइ छ । थापाका अनुसार माघे संक्रान्तिका दिन पसलमा जाँदै गरेकी बालिकालाई होमबहादुरले बाटोबाट झाडीतर्फ लगेर जबरजस्ती करणी गरेका थिए । बालिकालाई खोजी गर्ने क्रममा झाडीमा बेहोस अवस्थामा फेला पारिएको थियो । बालिकाको अहिले काठमाडौंमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको डीएसपी थापाले बताए । अभियुक्त होमबहादुर तिलोत्तमा नगरपालिका–१३ बभनीको पशु फार्ममा मजदुरी काम गर्दै आएका व...